बागलुङमा कोदालो प्रहार गरी एक जनाको हत्या, ६ जना घाईते

बागलुङमा कोदालो प्रहार गरी एक जनाको हत्या, ६ जना घाईते

  • फाल्गुण ३, २०७७ सोमवार
  • १२:२६:४२ बजे
  • 22.6K
    SHARES
  • बागलुङमा कोदालो प्रहार गरी एक जनाको हत्या, ६ जना घाईते

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिकामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।

    काठेखोला गाउँपालिका—२ भीमापोखरामा एक व्यक्तिले जथाभावी आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै ६ जना घाईते भएको प्रहरीले जनाएको छ । भिमापोखराका सोमबहादुर किसानले कोदालो, दाउराको चिरपट, ढुङ्गाले प्रहार गर्दा स्थानीय यामबहादुर केसीको मृत्यु भएको हो ।

    आक्रमणबाट घाईते भएका उनलाई उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा ल्याएपछि मृत घोषणा गरिएको बताईउको छ । आक्रमणमा परी घाईते भएका लक्ष्मी चापागाई , विष्णुमति चापागाईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    अन्य चार जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए । कोदालो, दाउराको चिरपट, ढुङ्गा लगायतले जथाभावी प्रहार गरिएको प्रहरीले जनाएको छ ।

    घाईतेहरुको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । जथाभावी आक्रमण गर्ने किसान प्रहरी नियन्त्रणमा छन् । 

  • सम्बन्धित विषय:

  • # हत्या !

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार