सामान्यतः प्रेमका मीठा पलहरुको मजा पुरुषहरु आफ्नो पार्टनरको आँखामा आँखा जुधाएर लिन मन पराउँछन् । तर, एक अध्ययनले अधिकांश पुरुष यौन जीवनको मजा अँधेरोमा आउने गरेको खुलासा गरेको छ। यसबाट तपाईले पुरुषको लजालु स्वभाव कारण हुन सक्ने सोच्नु भयो भने गलत हुनेछ ।
अध्ययनमा अधिकांश पुरुषले सेक्सका लागि रातकै समय रोज्नुमा आफ्नो बढेको वजन बताएका छन् । जसका कारण उनीहरु आफ्नो पार्टनरसँगको अन्तरंग पलमा असहज महसुस गर्दछन् । होम डाइट डेलिभरी सर्भिसको यो अध्ययनमा २० देखि ३० वर्ष उमेर समूहका बेलायती नागरिक सहभागी थिए ।
जसमा अँधेरोमा सेक्सको कारण उनीहरुको बडी कन्फिडेन्सका कम हुनु हो भन्ने विषयमा अध्ययन गरिएको थियो। तर, सर्भेमा ४५ प्रतिशतले अँधेरोमा परफरमेन्सका कारण स्वयमको ओभरवेट हुनु बताए । जबकि १६ प्रतिशत सोच्छन् म केही बढी नै मोटो छु । सर्भेमा ६४ प्रतिशतले मोटोपनका कारण लाज लाग्ने बताएका थिए ।
यो पनि
कुन समयमा गरिने यौन सम्बन्ध बढी सन्तुष्टी ?
दम्पतीबीच शारीरिक सम्बन्ध बनाउनका लागि उपयुक्त समय कुन होला रु यसमा घरको वातावरण, दम्पतीको मुड लगायत अनेक कुरा जोडिएर आउन सक्छ । शारीरिक सम्बन्ध बनाउनु र त्यसबाट चरोमत्कर्षमा पुग्नु फरक कुरा हुन् । शारीरिक सम्बन्धबाट दम्पतीहरु तृप्त हुन चाहन्छन् ।
यद्यपी कतिपय अवस्थामा शारीरिक सम्बन्धले त्यस किसिमको सन्तुष्ट दिदैन । हतार, भय, प्रतिकुलता, खराब मुडामा बनाइएको शारीरिक सम्बन्ध त्यती राम्रो हुँदैन । कतिपय अवस्थामा गरिने शारीरिक सम्बन्धले नराम्रो नतिजा पनि दिन सक्छ । किनभने यसका लागि दुबै जना उत्तिकै उत्सुक र सक्रिय हुनुपर्छ । शारीरिक र भावनात्मक दुबै रुपले तयार हुनुपर्छ ।
त्यसैले कोहीपनि चाहँदैनन् कि आफ्नो शारीरिक सम्बन्धले खराब स्थिती पैदा होस् । यस किसिमको यौन सम्बन्धले दम्पतीको यौन जीवन खल्लो बनाइदिन सक्छ । खासमा मान्छेमा कामवासनाको स्तर अलग अलग हुन्छ । यसका साथै यौन सम्बन्धमा समयले पनि भूमिका खेल्छ । अर्थात कुन समयमा तपाईं शारीरिक सम्बन्ध बनाउँदै हुनुहुन्छ रु त्यसले तपाईंको यौन सन्तुष्टिमा प्रभाव पार्छ ।
कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि यौन सम्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन् । जस्तो कि, रातको ९ बजे । वा १० बजे । यद्यपी यो समय नै आफुलाई अनुकल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । केही अध्ययनबाट थाहा भएको कि उक्त समय सयनमा सुखद पल महसुष गर्नका लागि अनुकल हुँदैन ।
के भन्छ अध्ययन ?
फ्रटियर्स इन साइकोलोजीले यस अध्ययन गरेको थियो, जसमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक सम्बन्ध बनाउँछन् । यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले यौनमा पूर्ण सन्तुष्टि हासिल गर्न सकेकै थिएनन् ।
४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौन सुखभोग गर्न पाएका थिएनन् । कतिपय दम्पतीको अनुभवमा राती यौन सम्बन्ध बनाउनु दिउसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट चरम आनन्द लिन सकिएन ।
यसको पछाडि के कारण छ त ?
रातको समय शारीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफुलाई तयार राख्न सकौं । त्यसैगरी यौनका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।
के हो कारण ?
मान्छेको बडी क्लक र यौन सम्पर्क गर्नुसँग सम्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उत्तेजनामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ । त्यसैले शरीरले विश्राम खोजिरहेको बेला यौन सम्पर्क गर्दा त्यसबाट पूर्ण सन्तुष्टी प्राप्त गर्न सकिदैन ।
के हो त यसको विकल्प ?
अतिरिक्त काम गर्नका लागि शरीरलाई उर्जा आवश्यक हुन्छ, ठिक त्यसैगरी सक्रिय यौन जीवनका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा यौन सम्बन्ध बनाउनु बढी उपयुक्त हुन्छ । बिहानको समयमा बनाइने शारीरिक सम्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ ।
राती तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ ।जबकी यतिबेला शरीरले दिनभर खर्चेको उर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउनु भन्दा बिहानको समयमा शारीरिक सम्बन्ध बनाउन धेरै उत्तम हुन्छ ।
यौनसम्पर्कको क्रममा महिलालाई किन हुन्छ पीडा ?
यौन आवश्यकता दुनियाभरका युवायुवतीहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो । भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन् । तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो ।
युवावस्थामा प्रवेश गरेका युवतीहरुमा एउटा नयाँ धारणा बन्नेगर्छ कि यौनसम्पर्कको समयमा अत्यधिक दुखाइ हुने गर्छ । यस्ता कुराहरु यौन शिक्षा पुगेको ठाउँमा यौन शिक्षाको माध्यमबाट थाहा पाउने गरिन्छ भने यौन शिक्षा नपुगेको ठाउँमा दिदी, भाउजु जस्ता सम्बन्धबाट यो दुखाइको बारेमा यौनसम्पर्क राख्नुपूर्व यस्तो धारणा बनाउँछन् ।
यौन सम्बन्धको क्रममा महिलाको यौनीबाट रगत निस्कन सक्छ । जसले गर्दा पनि महिलाहरुमा थप भय र आशंका उत्पन्न गराउँछ । त्यसो त कतिपय महिलाहरु यस्तो पनि हुन्छन् जो प्रशवको समयमा होस् या यौन सम्पर्कको समयमा समेत आवाज नै निकाल्दैनन् ।
उनीहरुमा उत्तेजना कम हुने र आर्गेजम समेत कम हुने समस्या पनि हुने गर्छ । यो पनि महिलाहरुमा चिन्ता र आशंका बढाउने एउटा कारणमा पर्छ । तर जानकारहरु भन्छन् कि यौन सम्पर्कको क्रममा आवाज आउनु या नआउनुले जीवनमा कुनै असर गर्दैन ।
महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत ?
धेरै मान्छेलाई यौनमा देखिने दुख र उदासिपन कसरी हटाउने भन्ने जानकारी नहुन सक्छ । धेरैको बुझाइ यो हुन्छ कि यौन सम्पर्कको क्रममा अत्यधिक दुखाइ हुन्छ र त्यसबाट छुटकारा पाउन पनि सकिँदैन भन्ने चलन छ । २४ वर्षीया जेस भन्छिन् ‘यस्ता त्रसित बनाउने कुराहरु मैले पनि धेरै सुनेको थिएँ ।
तर मेरो अनुभव त्यो रहेन । मेरो अनुभवमा सावधान र आत्मीय जीवनसाथी या प्रेमीसँग यौन सम्पर्क राख्दा त्यस्तो पीडा विल्कुल भोग्नु पर्दैन ।’ हनाह विटनले युट्युब च्यानलमा यौन सम्बन्धी विविध कुराबारे छलफल गर्छिन् । यौन सम्पर्कको क्रममा हुने दुखाइको बारेमा उनी भन्छन्,
‘धेरै महिलाले यौनको समयमा दुखाइ भोग्नुपर्दैन किनकि सेक्समा दुखाइ निहीत हुन्छ ।’ बरु यसो भन्न सकिन्छ कि यौन सम्पर्कको क्रममा महिलामा दुखाइ बढ्छ भने त्यो त्यसमा हामीले यौन सम्पर्क राख्न जानेनौं भन्ने पनि बुझ्न सकिने उनी बताउँछन्।
यो स्पष्ट छ कि सेक्समा धेरै अवस्था पीडादायी हुन्छ । यदि तपाईं शारीरिक सम्बन्धको समयमा दुखाइ सामना गर्नुहुन्छ भने यो एक गम्भीर समस्या हो । रोयल कलेज अफ आब्स्टिट्रेसन एन्ड गायनोकोलोजिस्ट आरसीओजी का प्रवक्ता स्वाति झा भन्छिन्, ‘योनीमा पीडा आफ्नै शारीरिक कारणले पनि हुन सक्छ । कहिलेकाहीँ लेटेक्स कण्डम या साबुनका कारण पनि जलन हुन सक्छ ।’
यस्तो भएमा तुरुन्त उपचार गराउन जानुपर्ने उनको तर्क छ । यद्यपि ग्लासगो विश्वविद्यालयका वरिष्ठ रिसर्च फेलो डा क्रिस्टिन मिशेल भने यौन दुखाइमा पूर्ण रूपमा मनो वैज्ञानिक र सामाजिक कारणहरू रहेको बताउँछन् । क्रुस्टिनले २०१७ मा गरेको एउटा अध्ययनले १६ देखि २४ वर्ष उमेरसम्म्का महिलामध्ये १० प्रतिशतमा यौनसम्पर्कको क्रममा दुखाइको सामना गर्नुपरेको पाइएको थियो ।
जानकारहरु महिलाले आफूले चाहेको जस्तो यौनसम्पर्क गर्न नपाउँदा, मन नलागी नलागी यौनसम्पर्क गर्नुपर्दा र पर्याप्त मात्रामा यौनसम्पर्कबाट आनन्द लिन नसकेको अवस्थामा यो पीडा दायक हुने गर्छ । कतिपय महिलाले आफू महिला भएकोले पनि यौन सम्पर्कमा पीडा भएको हो भन्ने तर्कका कारण पनि धेरै महिलाले यौन सम्पर्कमा आनन्द लिन सकेका छैनन् ।
अमेरिका गरिएको एउटा अध्ययन गरिएको एउटा अध्ययनमा अनुसन्धानकर्ता सारा म्याकल्याण्डले महिला र पुरुषलाई यौन सम्बन्धमा कम सन्तुष्टि प्राप्त गर्नुको अर्थ के हो भनेर सोधेका थिए । यस प्रश्नको उत्तरमा पुरुषहरूले पार्टनरको उदासीनता र महिलाहरूले पीडाका कारण कम सन्तुष्टि प्राप्त गरेको सुनाएका थिए ।
किम लोलियाको पनि त्यस्तै अनुभव थियो । तर अहिले उनी महिलामा रहेको डर र समस्या हटाउने बारेमा चेतनामूलक काम गर्ने प्रयासमा रहेको उनी बताउँछन् । लोलिया लन्डनमा आधारित सेक्स शिक्षा सेवाकी संस्थापक हुन् । यसका साथै उनी एक अनलाइन पत्रिका पनि प्रकाशित गर्छिन् ।
उनीहरू विश्वास गर्र्छन् कि यौन सम्पर्कमा हुने सबै दुखाइहरु शारीरिक कमजोरीका कारण हुँदैन । असुविधाजनक यौन सम्बन्धले पनि यस्ता दुखाइलाई निम्त्याउन सक्छ । जब महिलाले पीडा महसुस गर्छन्, त्यतिबेला उनीहरु चुपचाप सहन्छन् ।
त्यतिबेला आफ्नै कमजोरीका कारण दुखाइ सहनुपरेको सम्झिएर उनीहरु केही पनि बोल्दैनन् । उनीहरू आफ्ना साथीहरुले केही भन्छन् कि भनेर डराउने गर्छन्, जसका कारण महिलाहरुले यौन सम्पर्कको समयमा धेरै दुखाइ भोग्नु परेको हो ।