बागलुङ : गलकोटमा बिहिबार बिहान ट्याक्सी दुर्घटनामा परेको छ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १ चाउकेमा ट्याक्सी दुर्घटना भएको छ ।
ध १ ज ५७० नम्बरको ट्याक्सी दुर्घटानमा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडक छेउमा रोकेर राखिरहेको ट्याक्सी अचनाक गुडेर दुर्घटना भएको बताइएको छ ।
ट्याक्सी सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको गलकोट प्रहरीले जनाएको छ ।