ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

  • माघ ९, २०७७ शुक्रवार
  • ०७:५१:४४ बजे
  • 5.0K
    SHARES
  • ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते
    फाइल तस्बिर

    काठमाडौँ : सप्तरी र तनहुँमा भएका अलग अलग ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरूप नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

    दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रत भई बिहीबार साँझ पल्टिँदा ट्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह,

    ट्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

    घाइते कृष्णको अवस्था गम्भीर छ । ट्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

    घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

    यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१त ३७७० नंको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा

    सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।  दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर

    यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ट्याक्टर चालक गोरखा नगरपालिका–१४ का

    तीर्थ थापा प्रहरी नियन्त्रणमा छन् । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ ढुङ्गा लिन आउँदै गरेको ट्याक्टर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ट्याक्टर दुर्घटना
  • # पाँच घाइते

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार