बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

  • पौष २९, २०७७ बुधवार
  • ०९:३९:५५ बजे
  • 17.5K
    SHARES
  • बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    बागलुङ : बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    मंगलबार राति करिब १२ बजे काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर बोक्से खोल्डोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ मुनाका २९ वर्षीय केस पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    सहचालक भने सकुशल छन् । ट्याक्टर मध्यपहाडी लोक मार्गको बोक्से खाल्डेदेखि करिब १ सय ५० मिटर तल खसेको बताइएको छ ।

    मृतक चालकको शव पोस्टमार्टका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

     

    सम्बन्धित समाचार