बागलुङ : जिल्लाको गलकोट नगरपालिका–४ भयरखर्क गल्छिनाका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षिय धन बहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आईतबार धनबहादुर र उनका २० वर्षिय छोरा अनिल नेपालीबीच मादक पदार्थ सेवन गरी झगडा समेत भएको प्रहरीले बताएकोे छ । सोमबार बिहान उनी घर भन्दा ३० मिटर तल घाईते अवस्थामा फेला परेका थिए ।
घाईतेको मंगलबार आफनै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईकबल हवारीले बताएका छन् । घाईते अवश्थामा रहेका धनबहादुरलाई घरमै राखिएको थियो ।
मृत्यु हो या हत्या हो भन्ने कुरा खुली नसकेको र घटनाको अनुसन्धान भैराखेको प्रहरीले जनाएको छ ।