महिला संघको पालिका स्तरमा संगठन सुदृढिकरण र विस्तार अभियान 

महिला संघको पालिका स्तरमा संगठन सुदृढिकरण र विस्तार अभियान 

  • चैत्र ९, २०७७ सोमवार
  • १८:५०:०३ बजे
  • 4.1K
    SHARES
  • महिला संघको पालिका स्तरमा संगठन सुदृढिकरण र विस्तार अभियान 

    बागलुङ : नेपाल महिला संघ बागलुङ जिल्लाका विभिन्न पालिकामा संगठन विस्तार तथा
    सुदृढिकरण अभियान जारी रहेको छ ।

    बागलुङ जिल्लाका सबै पालिकामा संगठन विस्तार तथा सुदृढिकरणसँगै पार्टीको १४ औँ महाधिवेशनको संघारमा रहेको अवस्थामा महिलाहरुलाई पार्टीको संरचना र नेतृत्व तहमा ल्याउने उदेश्य स्वरुप कार्यक्रम गरिएको नेपाल महिला संघ जिल्ला अध्यक्ष शकुन्तला शर्माले बताईन् । 

     कार्यक्रम मार्फत महिलाको समस्या पहिचान गर्ने, महिलालाई राजनैतिक क्षेत्रमा जागरुक

    गराउने गरी आफुहरु गाउँ केन्द्रित अभियानमा जुटिरहेको बताउँदै आइतबार निसीखोला गाउँपालिका र सोमबार तमानखोला गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिएको शर्माले बताईन् ।


    नेपाल महिला संघ जिल्ला कार्यसमिति पदाधिकारी, स्थानीय तहमा आवद्ध महिला पदाधिकारी, भातृ संगठन, सुभेच्छुक, जनप्रतिनिधि लगायतको सहभागितामा कार्यक्रम गरिएको छ । महिलालाई पार्टीमा सक्रिय बनाउँदै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका गलत

    कृयाकलापको स्थानीय तह देखिनै भण्डाफोर गर्नका निम्ति कार्यक्रमले महत्वपूर्ण सहयोग पु-याएको उनले बताईन् ।

     

  • सम्बन्धित विषय:

  • # महिला संघ
  • # संगठन सुदृढिकरण

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार