नेपाल महिला संघमा सापकोटाको पदस्थापन 

नेपाल महिला संघमा सापकोटाको पदस्थापन 

  • जेठ ९, २०८२ बिहिवार
  • ०८:३१:०२ बजे
  • 1.7K
    SHARES
  • नेपाल महिला संघमा सापकोटाको पदस्थापन 

    बागलुङ : नेपाल महिला संघ बागलुङका नवनियुक्त अध्यक्ष सीता सापकोटा कँडेलको पदस्थापन गरिएको छ । बुधबार नेपाली काँग्रेस बागलुङका पार्टी कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी उनको पदस्थापन गरिएको हो । पदस्थापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनले नेपाली काँग्रेसलाई बलियो बनाउन महिला संघ लगायत सम्पूर्ण भातृ तथा सभेच्छुक संस्थाहरु बलियो हुनुपर्ने बताए ।

     ‘सबै भातृ तथा सुभेच्छुक संस्थाहरु बलियो भने मात्रै नेपाली काँग्रेस बलियो हुन्छ,’उनले भने,‘नेपाल महिला संघको केन्द्रीय समितिले सीता सापकोटा कँडेलजीलाई अध्यक्ष बनाएर पठाएको छ । उहाँले महिला संघ थप बलियो र सशक्त बनाउनुहुनेछ भन्ने विश्वास छ ।’ कार्यक्रममा नवनियुक्त अध्यक्ष सीता सापकोटा कँडेलले महिला संघलाई सुदृढ र बलिायो बनाउने कुरामा आफ्नो ध्यान केन्द्रित रहने बताईन् । ‘महिलो संघ नेपाली काँग्रेसको सबैभन्दा बलियो र प्रमुख भातृ संगठन हो, यसलाई अझ मजबुत बनाउने कुरामा म  केन्द्रित रहनेछु,’उनले भनिन्,‘मैले जानी जानी कुनै गल्ती गर्ने छैन सबैलाई समान व्यहार गर्नेछु ।’ 

    कार्यक्रममा पूर्व पार्टी सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य पार्वती आचार्य, नेपाल महिला संघ बागलुङकी संस्थापक लक्ष्मी जिसी कार्की लगायतले शुभकमना मन्तव्य व्यक्त गरेका थिए । नेपाली काँग्रेस बागलुङकी सहसचिव एवं महिला विभाग प्रमुख ज्ञानुकुमारी श्रीस शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाली काँग्रेस जिल्ला सचिव गण्डकी थापा अधिकारी र सञ्चालन महिला संघ बागलुङ नगर अध्यक्ष पिङ्गला जिसीले गरेकी थिईन् । 

  • सम्बन्धित विषय:

  • # महिला संघ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार