आजै लुम्बिनी प्रदेशका मन्त्री भएका चार जनालाई सरकारबाट फिर्ता हुन जसपाको निर्देशन

आजै लुम्बिनी प्रदेशका मन्त्री भएका चार जनालाई सरकारबाट फिर्ता हुन जसपाको निर्देशन

  • बैशाख ६, २०७८ सोमवार
  • १९:१८:२५ बजे
  • 4.4K
    SHARES
  • आजै लुम्बिनी प्रदेशका मन्त्री भएका चार जनालाई सरकारबाट फिर्ता हुन जसपाको निर्देशन

    काठमाडौं : जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष

    अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् ।

    उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् । सोमबार लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस,

    नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्ताव दर्ता गरेको केहीबेरमा जसपाका ४ जना नेताहरु मन्त्री नियुक्त भएका थिए ।

  • सम्बन्धित विषय:

  • # जसपा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार