ठाकुर पक्षका १६ जनालाई जसपाले कार्यकारीणी समितिबाट हटायो 

ठाकुर पक्षका १६ जनालाई जसपाले कार्यकारीणी समितिबाट हटायो 

  • श्रावण २५, २०७८ सोमवार
  • १७:४८:०७ बजे
  • 2.3K
    SHARES
  • ठाकुर पक्षका १६ जनालाई जसपाले कार्यकारीणी समितिबाट हटायो 

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले महन्थ ठाकुरसहित १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाएको छ । यससँगै ठाकुरको जसपा अध्यक्ष पद पनि गएको छ ।

    जसपाको दुई समूहको विवादमा निर्वाचन आयोगले ११ साउनमा उपेन्द्र यदव पक्षलाई आधिकारिकता दिएको थियो । यादव पक्षले हालै ३५ सदस्यीय कार्यकारिणी समितिको नाम निर्वाचन आयोगमा पठाएको छ । आधिकारिकता विवादमा आयोगले हेडकाउन्ट गर्दा यादव पक्षमा उभिएका ३४ जना र तटस्थ बसेका रेशम चौधरीको नाममात्र केन्द्रीय कार्यकारिणी समितिमा राखिएको छ ।


    आयोगको सोमबार बसेको बैठकले जसपाले पठाएको नयाँ कार्यकारिणी समितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति थियो, अब ३५ सदस्यीय भएको छ’ उनले भने ।

    ठाकुर पक्षमा उभिएका १६ जनालाई कार्यकारिणी समितिबाट हटाइएको नेता गंगानारायण श्रेष्ठले बताए । एक नेताका अनुसार पार्टीको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ । महन्थ ठाकुरलाई अध्यक्षबाट हटाएपछि के गर्ने भन्नेबारे छलफल भइसकेको छैन ।

    सांसद पद कायमै

    कार्यकारिणी समितिबाट हटाइएका १६ जनालाई पार्टीको साधारण सदस्यबाट भने हटाइएको छैन । एक नेता भन्छन्, ‘अब हामीले कारबाही ग¥यौं वा उहाँहरुले राजनीतिक दलसम्बन्धी ऐनअनुसार कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशत नपु-याई नयाँ दल दर्ता गर्नुभयो भने सांसद पद जाला । अहिलेहरुलाई यसमा केही गरिएको छैन ।’

    भदौमा बैठक

    जसपाले भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । यो बैठकमा भदौदेखि मंसिरसम्म चार महिने संगठन सुदृढिकरण अभियान चलाउने प्रस्ताव समेत पेश हुनेछ ।

    पार्टीको विधानमा केन्द्रीय समिति ८०० सदस्यीय हुने भनिएको भएपनि ७७९ जना मात्र थिए । उनीहरुमध्ये ५०० भन्दा बढीको पार्टीको मुल धारमा आएको जसपाका नेताहरुले बताएका छन् ।

    सम्बन्धित समाचार