विराेध

लामो पुलमा कर लगाईएको प्रति बागलुङमा क्रियाशील विद्यार्थी संगठनको विरोध

लामो पुलमा कर लगाईएको प्रति बागलुङमा क्रियाशील विद्यार्थी संगठनको विरोध

  • बैशाख ९, २०७८ बिहिवार
  • ०७:३८:२३ बजे
  • 6.4K
    SHARES
  • लामो पुलमा कर लगाईएको प्रति बागलुङमा क्रियाशील विद्यार्थी संगठनको विरोध

    बागलुङ : बागलुङ नगरपालिका कार्यालयले बागलुङ पर्वत जोड्ने पुलमा जानेहरुलाई कर लगाउन थालेकोप्रति बागलुङमा क्रियाशील विद्यार्थी संगठनहरुले आपत्ती जनाएका छन् । 

    बागलुङमा क्रियाशील विद्यार्थी संगठनहरु नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी संघ क्रान्तिकारी, अखिल छैठौं, राप्रपा विद्यार्थी युनियन र धौलागिरि बहुमुखी

    क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले बुधबार एक विज्ञप्ती जारी गर्दै पुलमा लिन थालिएको करको निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् ।  पुलमा आवत जावत गर्दा पनि शुल्क उठाउने बागलुङ

    नगरपालिकाको निर्णयप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थी संगठनहरुले तत्काल फिर्ता लिन माग गरेका हुन् । बाटोघाटो पुल पुलेसामा कर लगाएर जनतालाई दुःख दिने नियत

    देखिएकाले औचित्यहिन रुपमा लिएको शुल्कको निर्णय फिर्ता नलिए आन्दोलन सहित अवज्ञा गर्ने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।  नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस

    इकाई समिति बागलुङका सभापति दिनेश पन्त, अनेरास्ववियु केन्द्रीय सदस्य अमृता जिसी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्मा, अखिल छैठौंका दिलीप बुढाथोकी राप्रपा

    विद्यार्थी संघका हरि भण्डारी र धौलागिरि क्याम्पसका स्ववियु सभापति मनबहादुर थापा मनिषले हस्ताक्षर गरेको विज्ञप्तीमा शुल्क लिने निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ । 

    सम्बन्धित समाचार