मनपरी 

बागलुङ बजारमा निशेधाज्ञा, लामो पुलमा रमिता 

बागलुङ बजारमा निशेधाज्ञा, लामो पुलमा रमिता 

  • श्रावण २९, २०७८ शुक्रवार
  • २०:१४:२९ बजे
  • 12.3K
    SHARES
  • बागलुङ बजारमा निशेधाज्ञा, लामो पुलमा रमिता 

    बागलुङ :  जिल्लामा साउन २८ गतेबाट पूर्ण रुपमा निशेधाज्ञा छ । अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालनमा छैनन् ।

    जिल्ला प्रहरी कार्यालय बागलुङले बिना काम ओहोर–दोहोर गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कडाईका साथ निषेधाज्ञा पालना गराईरहेको छ । तर, भिडमा निषेधाज्ञाले वाक्क लागेको भनेर विश्वकै लामो झोलुङ्गे पुलमा जाने संख्या पनि कम छैन ।

    बागलुङ नगरपालिका–१ रामरेखाको डिलमा पनि हावा खाने निउ पारेर हिँड्नेको संख्या पनि उत्तिकै छ । जिल्लामा नागरिक स्तरबाट लापरबाही बढेपछि कोरोनाको संक्रमणको दर बढेको छ ।

    जिल्लामा कोरोना संक्रमणको बढेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ ५ गतेसम्म लागु हुने गरी निशेधाज्ञा जारी गरेको  छ ।  ईभिनिङ वाकको नाममा ओहोर–दोहोर गर्नाले कोरोनाको जोखिम बढेको छ ।

    शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङले पुलमा ओहोर–दोहोर गर्ने करिब ३५ जनालाई होल्डिङ गरी अब बिना काम नहिँड्ने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानाकारी दिए । ‘विभिन्न झुटा बहाना बनाएर लामो झोलुङ्गे पुल, रामरेखाको डिल लगायतका ठाउँबाट बिना काम ओहोर–दोहोर गर्ने व्यक्तिलाई होल्ड गरी सम्झाई बुझाई गरी गल्ती नदोहोराउने शर्तमा छाडिएको छ,’ पौडेलले भने । 

    पुलमा निकै भिडभाड देखिएको कारणले प्रहरी नै तैनाथ गर्नुपर्ने अवस्था देखिएको र शनिबारबाटै पुलमा प्रहरी तैनाथ गरिने पौडेलले बताए ।

    झोलुङ्गे पुलका साथै लोकतान्त्रिक चोक तथा एटिएम चोक गरी करिब डेढसय व्यक्तिलाई होल्ड गरी पठाईएको थियो ।

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # लामो पुल
  • # निशेधाज्ञा

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार