बरेङ : बागलुङको बरेङ गाँउपालिकामा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाएका छन् । पहिलो चरणको खोप लगाएका स्वास्थकर्मी, स्वयमसेविका, सरकारीकर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार लगायतले खोप लगाएका हुन् ।
वडा नम्बर २ मा रहेको हुग्दिशिर स्वास्थ चौकी र वडा नम्बर ३ को बाटाकाचौर स्वास्थ चौकी नयाँ बजारबाट दोस्रो चरणको खोप लगाएका हुन । बुधबार खोप लगाउन छुटेकाहरुलाई बिहिबार पनि लगाईने बरेङ गाँउपालिकाका स्वास्थ संयोजक पदम बहादुर पुनले जानकारी दिए ।