आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण, को-को परे प्राथमिकतामा ?

आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण, को-को परे प्राथमिकतामा ?

  • माघ २६, २०७७ सोमवार
  • १४:३१:०१ बजे
  • 5.7K
    SHARES
  • आजदेखि नेपालमा कोभिड खोपको दोस्रो चरण, को-को परे प्राथमिकतामा ?

    काठमाडौं : नेपालमा आजदेखि दोस्रो चरणको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान सुरु भएको छ। दोस्रो चरणको खोप अभियानमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारहरु, बैंकका कर्मचारी, मालपोत,

    नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी, विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालयका कर्मचारीलाई लक्षित गरेर लगाइँदै छ। यो अभियान एक हप्तामा सकिनेछ। जसमा तीन लाख जनालाई खोप दिइने लक्ष्य रहेको बताइएको छ ।

    काठमाडौंमा सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालबाट दोस्रो चरणको खोप सेवा सुरु भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । राजधानीको सिभिल अस्पतालमा पत्रकारलाई र पाटन

    अस्पतालमा संयुक्त राष्ट्रसंघ अन्तरर्गतका एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

    शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने व्यवस्था मिलाइको छ।

    अक्सफोर्ड विश्वविद्यालय तथा आस्ट्राजेनेका कम्पनीले विकास गरेको अनि भारतीय सिरम इन्स्टिच्युटले उत्पादन गरेको दश लाख मात्राको कोभिशिल्ड खोप भारत सरकारले अनुदानमा दिएपछि माघ १४ गतेदेखि नेपालमा सुरु भएको खोप अभियान सोमबारदेखि दोस्रो चरणमा प्रवेश गरेको हो।

    एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो मात्राको खोप लगाएपछि पहिलो चरणको अभियान शनिबार सम्पन्न भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पहिलो चरणको खोप अभियानमा ७७ जिल्लामा एक लाख ८४ हजार ८५७ जनाले खोप लगाएका छन् ।

    जसमध्ये प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३६, बागमतीमा ६३ हजार ३०८, गण्डकीमा १८ हजार ३७२, लुम्बिनीमा २८ हजार ९४१, कर्णालीमा ९ हजार ४२० र सुदूरपश्चिममा १४ हजार ८५५ जनाले खोप लगाएका छन् । 

    नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप तथा भारतको औषधि उत्पादक कम्पनीले उत्पादन गरेको खोप प्रयोग गर्न थालिएको हो । पहिलो चरणमा भारतले १० लाख डोज उपहारस्वरुप दिएको खोप नेपालमा लगाइएको हो । 

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार