आजबाट सातै प्रदेशमा चिनियाँ खोप लगाइँदै

आजबाट सातै प्रदेशमा चिनियाँ खोप लगाइँदै

  • जेठ २५, २०७८ मंगलवार
  • ०८:३५:५८ बजे
  • 2.7K
    SHARES
  • आजबाट सातै प्रदेशमा चिनियाँ खोप लगाइँदै
    फाइल तस्बिर

    काठमाडौं : चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ । यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई

    परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो । सोमबारको परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् ।

    अन्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।

    काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ । काठमाडौं महानगरपालिकाले चिनियाँ खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना खाेप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार