एकै परिवारका ११ सदस्य कोरोना संक्रमित

एकै परिवारका ११ सदस्य कोरोना संक्रमित

  • बैशाख १४, २०७८ मंगलवार
  • ०६:५३:५३ बजे
  • 3.2K
    SHARES
  • एकै परिवारका ११ सदस्य कोरोना संक्रमित

    सप्तरी : सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नम्बर ३ तरहीमा एकै परिवारका ११ मा कोरोना 

    सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल  यादवले  जानकारी  दिए । सुनसरीको  बीपी  कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिन

    अघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो । वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण  पुष्टि  भएको  निमित्त  

    प्रमुख यादवले जानकारी दिए । केही  दिनअघि  परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट  फर्किएको  निमित्त  प्रमुख   यादवले   जानकारी   दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमित

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार