बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकाबाट कोरोना संक्रमितलाई पोखरा पठाईएको छ ।
कोरोना संक्रमित जिल्लाको ढोरपाटन नगरपालिका—४ खुङ्गाका ५ वर्षको कोरोना संक्रमित बालकलाई हेलिकप्टरबाट पोखरा पठाईउको हो । कोरोना संक्रमणपछि बडिगाड गाउँपालिका—२ खर्बाङमा मंगलबार बिहान ल्याईएका उनलाई स्वास्थ्यकर्मीको सल्लाहपछि तत्कालै प्रभु एयरको हेलिकप्टरबाट पोखरा पठाईएको छ ।
गम्भीर स्वास्थ्य समस्या देखिन थालेपछि उनलाई पोखरा रिफर गरिएको बताईएको छ ।
यो पनि पढ्नुहोस्
बुर्तिबाङमा कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइयो
बागलुङको बुर्तिबाङमा पहिलो पटक एक कोरोना संक्रमित महिलालाई शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ की २१ वर्षीय महिलाको शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । लामो समयसम्म सुत्केरी व्यथाले छटपटाएकी महिलाको बुर्तिबाङ
प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले शल्यक्रिया मार्फत बच्चा निकालिएको हो । बुर्तिबाङ प्राथमिक स्वास्थ केन्द्रका डा. अनिल के.सी, एनएस ठेसिया जनस्वास्थ्य निरीक्षक केशव थापा तथा वटी नर्स शान्ती पौडेल, पार्वती अर्याल र बोनीसा घर्तीको टोलीले अप्रेशन मार्फत सफल रुपमा बच्चा निकालेको डा. केसीले बताए ।
ति युवती आईतबार लामो व्यथा लागेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी थिइन । एन्टिजेन विधिबाट गरिएको परीक्षण्मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई स्वास्थ्य केन्द्रमा राखेर उपचार अगाडी बढाइएको थियो । शल्यक्रिया पश्चात अहिले बच्चा र आमाको
स्वास्थ्य अवस्था सामान्य रहेको एनएस ठेसिया जनस्वास्थ्य निरीक्षक केशव थापाले जानकारी दिए । कोभिड १९ प्रभाव जारी रहेको सन्दर्भमा स्वास्थ्यकर्मीले सक्रिय रुपमा बिरामीको हेरचाहसँगै सफल उपचार गरेका हुन् ।