बुर्तिबाङ : बागलुङको बुर्तिबाङबाट काेराेना संक्रमित हेलिकप्टर मार्फत पोखरा रिफर गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको ढोरपाटन अस्थायी कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत ढोरपाटनका पुरुषलाई थप उपचारका
लागि पोखरा स्थित फेवा सिटि अस्पतालमा रिफर गरिएको हो । कोरोना संक्रमण भई स्वासप्रस्वासमा समस्या देखिएका ४३ वर्षीय पुरूषको कोभिड अस्थायी अस्पताल बुर्तिबाङमा गत जेठ १३ गतेदेखि उपचार हुँदै आएको डा मिलन मल्लले बताए ।
अस्पतालमा हाईफ्लोमा अक्सिजन दिंएर उपचार गरिरहँदा समेत स्वास्थ्य सुधार नआएपछि फोवा सिटिको आइसियु कक्ष बुकिङ गरि हेलिमार्फत रिफर गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए ।
स्वास्थ्य समस्या देखिएर प्राथमिक स्वास्थ्य केन्द्रमा आएपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । ढाेरपाटन पाेस्ट