बागलुङ : बागलुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको पिसिआर परीक्षणमा २३ जना र एन्टिजेन परिक्षणमा ४ जनालाई गरि २७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार घिमिरेले हिरासदमा रहेका २५, ४६, २४, २१ र २५ वर्षीय ५ जना पुरुष र ३६ वर्षीय महिलामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बागलुङ
नगरपालिका वडा नम्बर ४ का ३०, ४५ वर्षीय पुरुष, वडा नम्बर १ का ६५ र १६ वर्षीय पुरुष र ६३, ५९ र ३१ वर्षीया महिला, वडा नम्बर ७ की २९ वर्षीया महिला, वडा नम्बर ९ का ३१ वर्षीय पुरुष र ४७ वर्षीय महिला,
वडा नम्बर १२ की १८ वर्षीया महिला, वडा नम्बर ३ का ३१ वर्षीय पुरुष, वडा नम्बर २ का ५९ वर्षीया महिला, धौलागिरी अस्पतालमा कार्यरत ३५ वर्षीय स्वास्थ्यकर्मी र गलकोट नगरपालिकाका ६२ वर्षीय पुरुष र
३५ वर्षीय महिलामा पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए । एन्टिजेन परिक्षण मार्फत ताराखोला गाउँपालिकाका तीन जना कर्मचारी र बडिगाड गाउँपालिकाका एक स्थानीयलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।