संक्रमण दर बढ्दाे

बागलुङमा थप ७० जनामा कोरोना संक्रमण

बागलुङमा थप ७० जनामा कोरोना संक्रमण

  • जेठ ५, २०७८ बुधवार
  • १८:१८:३२ बजे
  • 4.4K
    SHARES
  • बागलुङमा थप ७० जनामा कोरोना संक्रमण

    बागलुङ : बागलुङमा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 

    बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका र धौलागिरी अस्पतालले संकलन गरेको १ सय २९ जनाको स्वाबको परिक्षण गर्दा ७० जनालाई संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए ।

    धौलागिरी अस्पतालले संकलन गरेको २३ जनाको नमुना परिक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बरेङ गाउँपालिकाले संकलन गरेको ५५ जनाको नमुना परिक्षणबाट १३ जना, बागलुङ नगरपालिका वडा नम्बर १२ मा संकलन

    गरिएको २० जनाको नमुना परिक्षणमा २० जना, काठेखोला गाउँपालिकाले संकलन गरेको १६ जनाको नमुना परिक्षणमा १३ जनामा कोरोना पुष्टि भएको छ । बागलुङ नगरपालिकाले काभ्रेमा संकलन गरिएको १५ जनाको नमुना परिक्षणमा ५ जनालाई संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेको भनाई छ । संक्रमण बढ्दै गएपछि जिल्लाका सबै पालिकाले परीक्षणलाई तीव्रता दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार