नेविसंघ बागलुङका संस्थापक अध्यक्ष शाक्यको निधन

नेविसंघ बागलुङका संस्थापक अध्यक्ष शाक्यको निधन

  • जेठ ९, २०७८ आइतवार
  • २०:४८:४६ बजे
  • 4.5K
    SHARES
  • नेविसंघ बागलुङका संस्थापक अध्यक्ष शाक्यको निधन

    बागलुङ : नेपाल विद्यार्थी संघ बागलुङका संस्थापक अध्यक्ष सुमन शाक्यको आईतबार निधन भएको छ । लामो समयदेखि काठमाण्डौमा नै बस्दै आएका शाक्यको कोरोनाकै कारण निधन भएको हो । उनको ५९ वर्षको उमेरमा काठमाण्डौको अल्का अस्पतालमा उपचारकै क्रममा निधन भएको पारीवारीक श्रोतले बताएको छ ।

    २०६२/६३ को जनआन्दोलनमा निकै सक्रिय भूमिका खेलेका शाक्य नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागका केन्द्रीय सदस्य हुन् । शाक्यले नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य, बागलुङ उद्योग बाणिज्य संघका सल्लाहकार, नेपाल बाल संगठनका पुर्व केन्द्रिय उप–महासचिव र टेबुल टेनिस संघको केन्द्रिय सदस्यको रुपमा काम गरेका थिए । 

    उनि नेपाल रेडक्रस सोसाईटी बागलुङका पुर्व जिल्ला सदस्य भएका थिए भने बागलुङका विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल थिए । विगत १० वर्ष देखी काठमाण्डौ मै बस्दै आएका शाक्यका एक श्रीमती १ छोरा १ छोरी छन । शाक्यको निधनले सिंगो उद्योग व्यवसाय, र खेलकुद क्षेत्रमा ठुलो क्षती पुगेका

    नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ बासुले बताए । शाक्यको निधन प्रति नेपाली काँग्रेस बागलुङ र नेपाल विद्यार्थी संघले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारमा समवेदन प्रकट गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेविसंघ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार