स्ववियु निर्वाचन

नेविसंघको सृष्टि आचार्यलाई समर्थन गर्दै दिपक सुवेदीले उम्मेदवारी फिर्ता लिए 

नेविसंघको सृष्टि आचार्यलाई समर्थन गर्दै दिपक सुवेदीले उम्मेदवारी फिर्ता लिए 

  • फाल्गुण ३०, २०८१ शुक्रवार
  • २०:५४:२५ बजे
  • 3.2K
    SHARES
  • नेविसंघको सृष्टि आचार्यलाई समर्थन गर्दै दिपक सुवेदीले उम्मेदवारी फिर्ता लिए 

    बागलुङ : दिपक सुवेदीले स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्यामपस बागलुङको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रम गरी सुवेदीले आफ्नो समर्थन नेपाल विद्यार्थी संघका आधिकारिक उम्मेदवार सृष्टि आचार्यको नेतृत्वको प्यानललाई रहेको घोषणा गरेका छन् ।

     ‘मैले वारेस मार्फत उम्मेदवारी दर्ता गरेको थिएँ, वारेसबाटै फिर्ता हुन्छ होला भन्ने लागेर जिल्ला बाहिर काम परेकाले उता गएँ,’उनले भने,‘यहाँ मेरो पनि स्ववियु अध्यक्षमा उम्मेदवारी कायम रहेको भन्ने आएपछि मैले स्पष्ट गर्नका लागि यो पत्रकार भेटघाट गरिएको हो । यही कार्यक्रम मार्फत मेरो उम्मेदवार कायम नरहेको र सृष्टि आचार्यको नेविसंघको आधिकारिक प्यानललाई मतदान गरी विजयी गराउन सबैलाई अनुरोध गर्दछु ।’

     आफु वर्तमान स्ववियुको उपाध्यक्ष भएकाले स्वभाविक अध्यक्षको उम्मेदवार हुँदा हुँदै पनि आफुले नपाएपछि असन्तुष्टीको रुपमा उम्मेदवारी दर्ता गरेको यद्यपी संगनको निर्णयलाई स्वीकार गरेर अब अगाडि बढ्ने उनले बताए । ‘नेविसंघमा हामी सबैले मेहनत गरेका छौं, मैले दाबी गर्दै गर्दा सृष्टि बैनी पनि कम योग्य उम्मेदवार होईन,’उनी भन्छन्,‘म सांगठनिक मान्छे हुँ । संगठनले गरेको निर्णयलाई स्वीकार्दै नेपाल विद्यार्थी संघलाई जिताउनका लागि मैले आफ्नो उम्मेदवारी फिर्ता लिएको छु ।’

    उनले अब आफुले नेपाल विद्यार्थी संघको आधिकारिक प्यानललाई विजयी गराउन लाग्ने बताए । नेपाल विद्यार्थी संघले धवलागिरि बहुमुखी क्याम्पस बागलुङले उम्मेदवार बनाएकी सृष्टि आचार्य हालको स्ववियु कोषाध्यक्ष हुन् । 

    1000051967.jpg

  • सम्बन्धित विषय:

  • # नेविसंघ
  • # स्ववियु निर्वाचन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार