बागलुङ : बागलुङमा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङको प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको विभिन्न पालिकाका ११५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका,
ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, गलकोट नगरपालिका, बरेङ गाउँपालिका र तमानखोला गाउँपालिकाबाट संकलन भएर आएको ३ सय २१ जनाको स्वाब परीक्षण गर्दा १ सय १५ जनालाई संक्रमण पुष्टि भएको घिमिरेले बताए । धौलागिरी अस्पतालले संकलन गरेको ४८ जना मध्ये २२ जना, बागलुङ नगरपालिकाले संकलन गरिएको ४८ जनाको मध्ये १६ जना,
काठेखोला गाउँपालिकाले संकलन गरेको ८ जना मध्ये २ जना, ढोरपाटन नगरपालिकाले संकलन गरेको ५० जना मध्ये २२ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै निसीखोला गाउँपालिकाले संकलन गरेको ४४ जना मध्ये ३ जना, गलकोट नगरपालिकाले संकलन गरेको ७६ जना मध्ये २२ जना,
बरेङ गाउँपालिकाले संकलन गरेको १७ जना मध्ये २ जना र तमानखोला गाउँपालिकाले संकलन गरेको ३० जना मध्ये २३ जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताए ।