यस कारण महिलाहरु परपुरुषसँग यौन सम्बन्ध राख्छन् 

यस कारण महिलाहरु परपुरुषसँग यौन सम्बन्ध राख्छन् 

  • जेठ १८, २०७८ मंगलवार
  • ०७:१०:३१ बजे
  • 61.2K
    SHARES
  • यस कारण महिलाहरु परपुरुषसँग यौन सम्बन्ध राख्छन् 

    एजेन्सी : भनिन्छ जीवनमा एकपटक मात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ । तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । 

    विवाहेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु आक्रान्त भएका छन् । वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ । विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी

    भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर सम्बन्धमा रहन्छन् । अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् । 

    पतिको स्वभावमा आएको परिवर्तन 
    विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ । श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला अर्को दोस्रो  पुरुषसँग आर्कषित हुन्छन् । 

    सानो उमेरमा विवाह
    सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ । जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् । 

    पुरुषप्रतिको आर्कषण 
    महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् । यौन असन्तुष्टी  ४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ । 

    बच्चा जन्मिएपछि
    विवाहपछि आउने अनेक समस्या र परिवर्तन पछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् । घरायसी समस्या  घरमा झगडा, अशान्ती हुन्छ भने महिला अक्सर बाहिर सम्बन्धको विकल्प रोज्छन् । 

  • सम्बन्धित विषय:

  • # यौन सम्बन्ध

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार