बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एउक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ५ की ६२ वर्षीया महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएर गत जेठ १० गते धौलागिरी
अस्पताल बागलुङमा आएकी महिलाको मंगलबार राति ८ः२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । निसीखोला गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुने यो पहिलो घटना हो ।
उनी कोरोनासँगै अन्य रोगबाट समेत ग्रसित रहेको स्वास्थ्यकर्मीको भनाई छ । योसँगै बागलुङ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
याे पनि पढ्नुहाेस्
निसीखोलामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला
निसीखोलामा एक युवती झण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको गाउँपालिका वडा नम्बर ३ की २३ वर्षीया सुना विक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी घर नजिकको जंगलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी प्रमुख वयराम वन्तले जानकारी दिए । शनिबार दिउसोदेखि हराएकी उनी आईतबार दिउसो फेला परेको प्रहरी निरीक्षक वन्ताले बताए ।
युवतीको गत फागुनमा विवाहा भएको थियो । मृतक युवतीको को पोष्टमाटमको लागि बुर्तिबाङ प्रथामिक स्वास्थ्यकेन्द्रमा ल्याइँदै गरेको वन्तले जानकारी दिए ।