बुर्तिबाङ : निसीखोला गाउँपालिकामा दुई दिनमा १२ जना कोरोना संक्रमित थप भएका छन् । वडा नम्बर ७ को कुँडुलमा ५ जना र वडा नम्बर ५ र ६ मा बुधबारको रिपोर्ट अनुसार ७ जनाको कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताए ।
गाउँपालिकामा हालसम्म ३१ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये हालसम्म ८ जना निको भएर घर फर्किसकेको शाक्यको भनाई छ । केही संक्रमित होम आइसोलेशन, केही प्रभा मावि आइसोलेशन र कोभिड अस्पतालमा उपचाररत रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
वडा नम्बर १, २, ५ र ६ मा पिसीआर परिक्षण भएको र अब दोश्रो चरणमा वडा नम्बर २, ३ र ४ मा गर्ने तयारी रहेको अध्यक्ष पौडेलको भनाई छ ।