बागलुङ : बागलुङमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरेको परीक्षणमा बागलुङ नगरपालिकाका १८ जना, बडिगाड गाउँपालिकाका ११ जना, काठेखोला गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका १ जना गरी जम्मा ३२ जनालाई संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार बागलुङ नगरपालिका वडा नम्बर १ का ४७, ६०, ५६ र ३० वर्षीया चार जना पुरुष, वडा नम्बर २ का ३१ र २९ वर्षीय दुई जना पुरुष र ३२ र २८ वर्षीया दुई जना महिला, वडा नम्बर ३ का ६९ र ५९ वर्षीया दुई जना महिला रहेका छन् ।
त्यस्तै वडा नम्बर ४ का ७८ वर्षीय पुरुष, वडा नम्बर ६ का ७५ वर्षीया महिला, वडा नम्बर ७ का ५५, ४८ र २७ वर्षीय तीन जना पुरुष र ७७ वर्षीया महिला, वडा नम्बर ८ की ३१ वर्षीया महिला र वडा नम्बर ९ का ६२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको घिमिरेको भनाई छ । त्यस्तै बडिगाड गाउँपालिका वडा नम्बर ४ का २६, ४२, २८ र ६५ वर्षीय चार जना पुरुष र वडा नम्बर ५ का ३३, ५३, २०, ५२ र २६ वर्षीय पाँच जना पुरुष र २६ र २४ वर्षीया दुई महिला, तमानखोला गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर ५ का ७१ वर्षीय पुरुष र वडा नम्बर ६ की ३० वर्षीया महिलालाई
संक्रमण पुष्टि भएको बताइएको छ । यो सँगै बागलुङमा संक्रमितहरुको संख्या १ सय ७२ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । त्यसमध्ये १ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने २० जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा र ७ जना ताराखोला गाउँपालिकाको आइसोलेसनमा रहेको फोकल पर्सन घिमिरेले जानकारी दिए ।