काेराेना कहर

बागलुङमा खोप लगाएका दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना पुष्टि

बागलुङमा खोप लगाएका दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना पुष्टि

  • बैशाख १४, २०७८ मंगलवार
  • २०:०५:१४ बजे
  • 5.4K
    SHARES
  • बागलुङमा खोप लगाएका दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना पुष्टि
    फाइल तस्बिर

    बागलुङ : बागलुङ थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस विरुद्ध खोप लगाएका दुई स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टि दुई महिला स्वास्थ्यकर्मी हुन् । 

    उनीहरुले कोभिडसिल्ड खोप लगाएका थिए । उनीहरु अस्पतालमा निरन्तर काम गर्दै आएका थिए । उनीहरुमा लक्षण देखा परेपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएकास्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । 

    खोप लगाएकालाई संक्रमण भएपछि थप सजहकता अपनाउनु पर्ने देखिएको छ । मंगलबार संक्रमित भएका १५ जना मध्य १४ जनाको पीसीआर र एक जना एन्टिजिन परीक्षण गरिएको फोकल पर्सन घिमिरेले बताए । 

    याे पनि

    पोखरामा आज ९७ जनासहित गण्डकीमा ११३ जनामा कोरोना पुष्टि

    गण्डकी प्रदेशमा आज ११३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनलायले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्की जिल्लाको पोखरा महानगरपालिकामा संक्रमण धेरै देखिएको छ ।

    पोखरामा पछिल्लो २४ घण्टामा ९७ जनामा संक्रमण देखिएको हो । त्यसैगरी गण्डकी प्रदेशका अरु जिल्लामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।तनहुँमा ३ जना, लमजुङमा १ जना, स्याङ्जामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यसैगरी म्याग्दीमा १ जना, पर्वतमा २ जना र नवलपुर पूर्वमा ३ जनालाई संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । डा शर्माका अनुसार सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार