काेराेना सासनाकाे तयारी

यस्ता छन् निसीखोला गाउँपालिकाले कोरोना रोकथामका लागि गरेका तयारी

यस्ता छन् निसीखोला गाउँपालिकाले कोरोना रोकथामका लागि गरेका तयारी

  • जेठ १२, २०७८ बुधवार
  • ०८:५०:५० बजे
  • 6.3K
    SHARES
  • यस्ता छन् निसीखोला गाउँपालिकाले कोरोना रोकथामका लागि गरेका तयारी

    बुर्तिबाङ : निसीखोला गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तयारीलाई तीव्रता दिएको छ । बाहिरी मुलुक तथा अन्य जिल्लाबाट आउने नागरिक व्यवस्थापनका लागि होम क्वारेन्टिन तथा संस्थागत क्वारेन्टिनमा राख्ने व्यवस्थापन समेत गरि रहेको गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकामा कोरोना संक्रमणको पहिलो लहरमा १७ जनामा संक्रमण देखिएको थियो ।

    भने दोश्रो चरणमा हालसम्म १९ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्ये ८ जना निको भएर घर फर्कि सकेका छन् भने ९ जना सक्रिय संक्रमित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले बताए । ९ जना मध्य एक जना गाउँपालिकाले निर्माण गरेको कोभिड अस्पताल र ८ जना होम आइशोलेसनमा रहेको शाक्यको भनाई छ । उनीहरु सबै स्वास्थ्यकर्मी र गाउँपालिकाको निगरानीमा रहेको उनले जानकारी दिए । संक्रमित मध्ये ८ जना निको भइसकेका छन । 

    यस्तो छ गाउँपालिकाको तयारी
    गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जनस्तरबाटै सचेतना मुलक कार्यक्रमसँगै सिमा नाका कडाई समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्यले जानकारी दिए । कोभिड व्यवस्थापनका लागि कर्मचारी, जनप्रतिनिधी, स्वास्थ्यकर्मी परिचालन भइरहेको उनको भनाई छ । कोरोना संक्रमितको उपचारका लागि वडा नम्बर ४ मा पाँच शैयाको अक्सिजनसहितको कोभिड अस्पताल वडा नम्बर ३ को प्रभा माध्यमिक विद्यालयमा १० शैयाको

    अक्सिजनसहितको आइसोलेशन बनाएर तयारी अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । गाउँपालिकामा अहिले विभिन्न संघ संस्था तथा सहयोगीहरुबाट असिक्जन सिलिण्डर लगायत स्वास्थ्य सामग्री प्राप्त भएको र गाउँपालिकाले पनि व्यवस्थापन गरि रहेको उनको भनाई छ । गाउँपालिकामा हालसम्म जटिल समस्या नभए पनि

    सचेतताका साथ कोभिड व्यवस्थापनमा लागिरहेको पौडेलको भनाई छ ।  गाउँपालिकालाई निसीखोला हेल्प अर्गानाइजेशनले १० थान अक्सिजन लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको र गाउँपालिकाले पनि अक्सिजन लगायत अन्य स्वास्थ्य सामग्री व्यवस्थापनमा जुटेको भनाई छ । संक्रमित ओसारपसार र बिरामी बोक्नका लागि छुट्टाछुट्टै गाडी तयारी अवस्थामा राखेको बताइएको छ ।

    गाउँपालिकाले संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक टेसिङ मार्फत परीक्षणको दायरालाई बढाउने, सिमा नाका कडाई गर्ने, शंकास्पद लक्षण देखिएका बिरामीको परीक्षण गर्ने लगायतका व्यवस्था गरेको अध्यक्ष पौडेलले बताए । उनले गाउँपालिकाको स्रोत र साधानले भ्यायसम्मको तयारी गरेको बताए । ‘यो संकटबाट नागरिको जीवन रक्षाका लागि हाम्रो स्रोत साधानले भ्यायसम्मको तारी गरेका छौँ, नागरिकलाई सचेत बनाउनेदेखि

    आवश्यक स्वास्थ्य सामग्री र अन्य व्यवस्थापन गरेका छौँ र केही तयारी भइ रहेका छन्’ अध्यक्ष पौडेलले भने । पहिलो चरणमा वडा नम्बर २, ३ र ४ मा पिसीआर गरिएको र हाल चार वटा वडाको पिसीआर रिपोर्ट आउन बाँकी रहेका कारण रिपोर्ट आएपछि केहि संख्या थप हुन सक्ने बताउँदै जटिल परिस्थितिलाई मध्यजनर राख्दै कोभिड अस्पलालमा १६ थान साना ठुलो अक्सिजन व्यवस्थापन भइसकेको उनको भनाई छ ।

    निसीखाेलामा काेभिडकाे अवस्था
    निसीखोला गाउँपालिकामा निषेधाज्ञालाई सुरुवाती चरणमा कडाइका साथ लागु गरेको छ । पहिलो चरणमा जस्तो भारत लगाएत अन्य क्षेत्रबाट नागरिक कम भित्रिएका कारण यस पटक हालसम्मको अवस्थामा खासै चुनौती देखिएको छैन । गत वर्ष पनि यस पलिकामा जिल्लामै सबैभन्दा कम संक्रमित भएको थिए । त्यस मध्य अधिकांश भारतबाट आएका थिए । हाल सम्म १९ जना संक्रमित भए ।

    तर कसैलाई पनि त्यस किसिमको जटिलता भएका पाइएन । एक जनामा केही आएको हुँदा गाउँपालिकाले तत्कालै अन्तै पठायो । समस्या कम भएको भन्दैमा गाउँपालिकाले व्यवस्थान नगरेको भन्दै संकटको सामना गर्नका लागि गाउँपालिकाल तयारीलाई व्यापक बनाएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ । व्यवस्थापनलाई थप व्यवस्थित गरि रहेको उनको भनाई छ ।

    विकास निर्माण पनि
    निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा छनौट भएका विकास निर्माणका केहि कामलाई निरन्तरता दिएको छ । सामाजिक दुरी कायम गर्दै सडक निर्माण, भौतिक संरचना निर्माण लगाएत कम  मानिसहरुको उपस्थितीमा गर्न मिल्ने विकासका कामहरु भइरहेको गाउँपालिकाले जनाएको छ ।

    आर्थिक वर्ष सकिनै लाग्दा आधा काम भएर रोकिएका विकासका काम सुरक्षित साथ भइरहेको बताइएको छ । गाउँपालिकाले सुरक्षाका साथ कर्मचारी व्यवस्थापन गरेर योजना सम्झौता र भुक्तानीका कामलाई समेत निरन्तरता दिइरहेको बताइएको छ । 

  • सम्बन्धित विषय:

  • # निसीखोला गाउँपालिका

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार