बुर्तिबाङ : निसीखोला गाउँपालिकाले जेठ ३१ गतेसम्म पालिका अन्तरगतका सबै विद्यालयलाई शैक्षिक सत्र २०७७ को नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको दोस्रो लहरका कारण विद्यार्थीको भौतिक उपस्थितिमा
परिक्षा सञ्चालन गर्न नसकिने भन्दै मुल्यांकनको आधारमा नतिजा प्रकाशन गर्न निर्देशन गरेको हो । आवधिक मुल्याङ्कन परिक्षा र निरन्तर प्रथम र दोस्रो त्रैमासिक मुल्याङ्कको आधारमा ६० प्रतिशत, आन्तारिक मुल्याङ्कन विषय शिक्षकबाट नियमित हाजिरी २० प्रतिशत र कक्षा कार्यमा सहभागिताबाट २० प्रतिशत गरि
\१०० प्रतिशको नतिजा प्रकाशन गर्न गाउँपालिकाले निर्देशन दिएको हो । उल्लेखित अंक प्रतिशत सैद्धान्तिकको हकमा लागु हुने तर नतिजा तयार गर्दा सैद्धान्तिक तथा प्रयोगात्मक दुबैको हकमा हुने बताइएको छ ।

