नेता कुवँरद्वारा निसीखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्त्रण

नेता कुवँरद्वारा निसीखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्त्रण

  • आषाढ ७, २०७८ सोमवार
  • १९:०८:०४ बजे
  • 6.3K
    SHARES
  • नेता कुवँरद्वारा निसीखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्त्रण

    बुर्तिबाङ : निसीखोला गाउँपालिकालाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापती दोर्णकुमार कुवँरको सक्रियतामा स्वास्थ्य सेवा विभागबाट प्राप्त भएको सामग्री सोमबार गाउँपालिकालाई हस्तान्त्रण गरिएको हो । 

    कोरोना संकटमा कुनै राजनीतिक पुवर्वाग्रह नराखी जनताको सेवा भावसँग जोडिएर मानवीय हिसाबले आफुहरुले स्वास्थ्य सामग्री लिएर क्षेत्र नम्बर २ बागलुङका ६ वटै पालिकामा हस्तान्त्रण थालेको र सोही अनुसार निसीखोला गाउँपालिकालाई पनि हस्तान्त्रण गरिएको कुवँरले बताए । राज्यले समयमा विकट क्षेत्रसम्म

    स्वास्थ्य सामग्री पु¥याउन नसकिरहेको अवस्थामा आफुहरुले स्वास्थ्य विभागबाट स्वास्थ्य सामग्री लिएर हस्तान्त्रण गर्न थालेको भन्दै कुवेर ट्रस्ट, गैर आवासीय नेपाली संघ लगाएतका संस्थाबाट प्राप्त स्वास्थ्य सामग्री समेत अर्को चरणमा हस्तान्त्रण गर्ने बताए । गाउँपालिकालाई अक्सिजन कन्सन्टेटर १ सेट, पल्स अक्सिमिटर २ थान,

    अक्सिजन सिलिन्डर २ भिटिएम ४०० पिस, एन्टिजेन्ट १०० पिस, थर्मामिटर २ पिस, ग्राउन २ सेट लगाएत माक्स, फेसशिल लगाएतका स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको कुवँरले बताए । स्वास्थ्य सामग्री बुझ्दै निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले विपदको समयमा नागरिकको समस्यालाई सम्वोधन गर्ने गरी

    लिइएका स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मीलाई काम गर्न सहज हुनेर बिरामीले सहजख रुपमा सेवा पाउन सक्ने बताए । त्यसैगरी नेपाली काँग्रेसका नेता टेकराज पौडेलले नेपाली काँग्रेसले विपत्तीको समयमा रमिते बनेर नबस्ने बताउँदै आ–आफनो स्थानबाट नागरिकको जीवन रक्षामा सक्दो सहयोग भइरहेको बताए ।

    उनले कोभिड, बाढी पहिरो लगाएतका विपत्तीमा नागरिकसँग सहकार्य भइरहेको बताए । सरकारले समयमा कोभिड व्यवस्थापनको तयारी नगरेकै कारण स्थिती जटिल बनेको बताउँदै अबका दिनमा स्थानीय तहमा समेत स्वास्थ्य सामग्रीको सहजताले नागरिकले आफनै पालिकाबाट सक्दो सेवा पाउने बताए । 

    कार्यक्रममा निसीखोला गाउँपालिका उपाध्यक्ष शोभा कुमारी कार्की, प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्य, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधी लगाएतको उपस्थिती रहेको थियो कार्यक्रम कमल भुसालले सञ्चालन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार