बुर्तिबाङ : नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशनले पठाइएको विभिन्न स्वास्थ्य सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा हस्तान्त्रण गरिएको छ । फाउन्डेशनले उक्त सामग्री ढोरपाटन नगरपालिकाकी उपप्रमुख कर्मती पुन र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ललाई हस्तान्त्रण गरिएको हो ।
सामाजिक अभियान्ता जित शेरचन र विपिन मल्लको सक्रियतामा फाउन्डेशनले पठाइएको रकमबाट अक्सिजन रेगुलेटर, सक्सन मेशिन १ सेट, फेसशिल ३५ पिस, सिटामोट ५०० थान, सर्जिकल ग्लोब्स ३०० पिस, मेडिसियन ग्लोब्स ५०० पिस, हेड क्याप २०० पिस गरी करिब ६० हजार बराबरको सामग्री हस्तान्त्रण गरिएको हो । फाउन्डेशनले पहिलो चरणमा ४ लाख
मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको थियो भने दोश्रो चरणमा स्वास्थ्यकर्मीले माग गरेको आधारमा उक्त सामग्री हस्तान्त्रण गरिएको अभियान्ता जित शेरचनले बताए । महामारीलाई न्यूनिकरण गर्न आवश्यकताका आधारमा निरन्तर सहयोग गर्दै जाने शेरचनको भनाई छ । ढोरपाटन नगरपालिका उपप्रमुख करमती पुन सहयोगीदाता नेपाल ह्यारीटेज
च्यारीटी फाउन्डेशनलाई धन्यबाद ज्ञापन दिँदै अभियान सञ्चालन गर्ने अभियान्तालाई समेत धन्यबाद ज्ञापन गरिन् । सबैको साथ सहयोगले नै स्वास्थ्य क्षेत्रको व्यवस्थापन र बिरामीले पाउने सेवा सु्विधाको बृद्धि हुने पुनले बताइन् । स्वास्थ्य केन्द्रामा कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि शेरचनको संयोजगत्वमा ८ सदस्य आइसोलेशन व्यवस्थापन, कोभिड
रोकथामका लागि सामग्री संकलन गर्ने गरि वडा अध्यक्ष चित्र भण्डारी, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्ल, पत्रकार लोकेन्द्र सुनार र स्वास्थ्यकर्मी सदस्य रहेको ८ सदस्य सहयोग समिति गठन गरीएको थियो । उक्त समितिले थालेको स्वास्थ्य सामग्री व्यवस्थापन कार्यक्रम अन्र्तगत रहेर उक्त सामग्री हस्तान्त्रण गरीएको शेरचनले बताए ।