बुर्तिबाङ : बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १० शैयाको अक्सिजनसहितको आइसीयु वार्ड निर्माण गरिने भएको छ । कोभिड १९ को प्रभाव ढोरपाटन नगरपालिकामा समेत पर्नै सक्ने भन्दै आइसीयु वार्ड निर्माण गरिने भएको हो ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच थान अक्सिजन रहेकोमा अन्य थप पाँच वटा व्यवस्थापन गरि १० शैयाको आइसीयु वार्ड वनाउने निर्णय गरीएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराइले बताए । कोभिड लक्षण भएका बिरामीका लागि स्वास्थ्य केन्द्रबाट स्वाब संकलन गर्ने, संक्रमित मध्ये
कोभिड लक्षण देखिएकालाई स्वास्थ्य केन्द्रमा उपचार व्यवस्था गर्ने र सामान्य लक्ष्यण भएका व्यक्ति होम आइसोलेशनमा राख्ने बताइएको छ । स्वास्थ्यकर्मी, आवश्यक औषधी लगाएतका स्वास्थ्य समग्रीहरु तत्कालै व्यवस्थापन गर्ने, सचेतना मुलक कार्यक्रम गर्ने बुर्तिबाङ बजारमा संचालनमा रहेका
बैँक तथा वित्तीय संस्थथा विहान ११ देखि २ बजेसम्म खुल्ला गर्ने भट्टराइले बताए । त्यसैगरी निसीखोला गाउँपालिकाले कोभिड व्यवस्थापनका लागि जनचेतना मुलक कार्यक्रम अगाडी बढाएको छ । शुक्रबार पालिका अन्र्तगतका स्वास्थ्यकर्मी र कर्मचारी गरी २० जनाको पिसिआर स्वाब संकलन गरी
धाैलागिरी अस्पताल पठाइएको छ । पालिकाले सञ्चालन गरेको कोभिड अस्पताललाई व्यवस्थापन, अन्य स्वास्थ्य सामग्री समेत व्यस्थापन गर्ने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । कोभिड अस्पतालका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी समेत राखेको छ ।