बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँचथान अक्सिजन सिलिन्डर सहयोग

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँचथान अक्सिजन सिलिन्डर सहयोग

  • जेठ १२, २०७८ बुधवार
  • १८:४४:४२ बजे
  • 3.3K
    SHARES
  • बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई पाँचथान अक्सिजन सिलिन्डर सहयोग

    बुर्तिबाङ : बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई मंगलबार पाँच थान अक्सिजन सिलिण्डर हस्तान्त्रण गरीएको छ । बागलुङ अक्सिजन राहत टोलीद्वारा संकलन गरिएको अक्सिजन सिलिन्डर ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीको

    उपस्थितीमा स्वास्थ्य केन्द्रमा हस्तान्त्रण गरिएको हो । समाजसेवी राज कुमार श्रेष्ठ र प्रकाश शेरचनको आर्थिक सहयोग तथा बुर्तिबाङ स्थित सामाजिक अभियान्ता सोम पौवी, दीपेन्द्र श्रेष्ठ, कमल भुसाल, जिवन मल्लको समन्वयमा उक्त सिलिन्डर

    हस्तान्त्रण गरिएको सोम पौवीले बताए । विदेशबाट संकलन गरेर पठाएको रकमबाट २५ थान अक्सिजन सिलिन्डर खरिद गरि १० थान निसीखोला गाउँपालिकालाई हस्तान्त्रण गरिएको र पाँच थान ढोरपाटन नगरपालिकामा हस्तान्त्रण गरिएको र बाँकी १० थान

    तमानखोला गाउँपालिका, बडिगडा गाउँपालिका र गलकोट नगरपालिकामा हस्तान्त्रण गरिने तयारी भएको पौवीले बताए । सिलिन्डर ग्रहण गर्दै मेयर नेपालीले कोभिड १९ रोकथाम तथा व्यवस्थापनमा सबैको सहयोग र समन्वय भइरहेको बताउँदै यो संकटमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र
  • # अक्सिजन सिलिन्डर सहयोग

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार