किन गरे ओलीले माधव नेपाललाई प्रधानमन्त्री अफर ?

किन गरे ओलीले माधव नेपाललाई प्रधानमन्त्री अफर ?

  • आषाढ १२, २०७८ शनिवार
  • १९:३८:५७ बजे
  • 3.9K
    SHARES
  • किन गरे ओलीले माधव नेपाललाई प्रधानमन्त्री अफर ?

    काठमाडौं : विपक्षी गठबन्धनमा सामेल भएका नेकपा एमालेबाट निष्काशित नेता माधवकुमार नेपालले केपी ओलीको तानाशाहीविरुद्ध लड्न आफूहरु विद्रोही बनेको बताएका छन् ।


    शनिवार संसद भवनमा राजनीतिक मामिला सम्बन्धी संवाददाताहरुसँगको अन्तरक्रियामा नेता नेपालले आफूहरु एमालेकै विद्रोहीका रुपमा विपक्षी गठबन्धनमा सहभागी भएको बताए ।

    नेपालले भने ः संधिवानको धारा ७६ (५) मा पुगेर केपी ओलीको तानाशाही परास्त गर्न हामी विद्रोही एमाले बनेका हौं । यो एमालेभित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।


    नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारे । आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गरे । उनले भने ः मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ । सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।

    केपी ओलीसँग सम्झौता गरेर एमालेमा रहने सम्भावना अन्त्य गर्द नेपालले आफूले ओलीका कुनै पनि आश्वासन नमान्ने र विपक्षी गठबन्धनलाई धोका नदिने बताए ।

    उनले भने–माधव नेपालको कन्फिडेन्स बढेको बढेकै छ । सही धरातलमा उभिएपछि कन्फिडेण्ट बढ्नु उपयुक्त हो । माधव नेपाल धोका दिने मान्छे होइन। यो गठबन्धनमा कुनै धोका हुदैन ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # ओली

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार