बागलुङ: जिल्लाको गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरेले पहिरो प्रभावित जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् ।
नगरपालिकाको प्राविधिक, स्थानीय जनप्रतिनिधि उपभोक्ता समिति सहितको टोलीले बिहीबार गल्कोट नगरपालिका —८ स्थित पहिरोको कारण अवरुद्ध भएको पचुवाखोला लघु जलविद्युत ग्रामीण विद्युतिकरण परियोजनाको गैरेले निरीक्षण गरेका हुन् ।
गल्कोट नगरपालिका—८ ज्यामिरे, पचुवा लगायतका करिब २ सय घरधुरीले प्रयोग गर्दै आइरहेको विद्युतको कुलो गत असार १ गतेदेखि परेको अविरल वर्षाको कारणले पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
कुलोको स्थलगत निरीक्षणपछि नगर प्रमुख गैरेले तत्कालका लागि अस्थायी रुपमा समुदायले सञ्चालनमा ल्याए पनि कुलोलाई दीर्घकालीन रुपमा स्थायी मर्मत सम्भारका नगरपालिकाले गर्ने आश्वासन समेत दिए ।
तत्कालका लागि सुचारु गर्न अस्थायी रुपमा उपभोक्ताहरुले पाइप खरिद गरी काठको सहायताले कुलो निर्माण गरी विद्युत सञ्चालनमा ल्याइएको उपभोक्ता समितिले जनाएको छ ।