पहिरोले पुरिएर अर्घाखाँचीमा मजदुरको मृत्यु

पहिरोले पुरिएर अर्घाखाँचीमा मजदुरको मृत्यु

  • श्रावण ३०, २०७८ शनिवार
  • १७:१४:१८ बजे
  • 2.2K
    SHARES
  • पहिरोले पुरिएर अर्घाखाँचीमा मजदुरको मृत्यु
    फाइल तस्बिर

    बुटवल : निर्माणाधीन घरमा पहिरो खस्दा अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।

    अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ लामडाँडाका ४३ वर्षीय मनबहादुर सुनारको पहिरोले पुरिएर मृत्यु भएको हो ।

     

    पाणिनी–५ का मेघराज घिमिरेको निर्माणाधीन घरमा प्लास्टरको काम गरिरहेका बेला शुक्रबार साँझ माथिबाट आएको पहिरोले घरमै पुरिंदा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षण गणेश खनालले बताए ।

    पहिरो पन्छाएर सुनारको शव निकाली पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको खनालले बताए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # पहिरो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार