बुर्तिबाङ : बागलुङ समाज बेल्जियमले ढोरपाटन नगपालिका वडा म्बर १ का भरत कँडेलको खुट्टाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष राजु थापाको नेतृत्वमा संकलित २ लाख ४ सय १२ रुपैया नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुमार कुवँर मार्फत कँडेललाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गर्दै नेता कुवँरले वैदेशिक रोजगारमा रहेको बेला गाउँठाउँमा कहि कसैलाई दुःख पर्दा आफ्नो गाँस कटाएर सहयोग गरेकोमा धन्यबाद दिए । नेता कुवँरले यो सहयोगले खुट्टाको उपचारमा थोरै भए पनि टेवा पु¥याउने बताए । कार्यक्रममा नेपाली काँगे्रस ढोरपाटन नगर सभापति सालिकराम शर्मा, नेकपा एमालेका टंक पौडेल, राजमोका गौरिश्वर पाण्डे, नेपाली काँग्रेस माहाधिवेशन प्रतिनिधि शोम पौवी यामु,
रेडक्रस सोसाईतिका मेषलाल शर्माले यस्ता दिन दुखीका लागि सरकार निरिह बनेको बताए । कँडेल जन्मेको दुई महिनापछि कपडामा अल्झिएर दुबै खुट्टा भाचिएको र यसभन्दा अगाडी पनि उपचार गरे पनि फेरी भाचिएको कारण उपचार गर्न कठिन भएको भरतकी आमा ढाल कुमारी कँडेलले बताइन् ।
उपचारका लागि डाक्टरलाई गत चैत्र महिनामा बोलाएता पनि आर्थिक अभाव र लकडाउनका कारण समयमा नै उपचार गर्न नसकिएको ढाल कुमारीको भनाई छ । अहिले सहयोग आउने क्रम पनि भएको कारण लकडाउन खुल्ने बितिक्कै उपचारका अस्पताल लगिने उनको भनाई छ ।