ताराखोलाका मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताराखोलाका मिर्गौला पीडितलाई आर्थिक सहयोग

  • भाद्र १५, २०७८ मंगलवार
  • २०:३५:५१ बजे
  • 4.1K
    SHARES
  • ताराखोलाका मिर्गौला पीडितलाई आर्थिक सहयोग

    मन्दिप निउरे

    बागलुङ : ताराखोला लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोला बागलुङले दुबै मिर्गौला खराब भएर प्रत्यारोपण तयारीमा रहेका ताराखोला गाउँपालिका—२ अर्गलका भिम बहादुर घर्ती मगरलाई एक कायक्रमकाबीच सहयोग हस्तान्तरण गरेको छ ।

    लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोला बागलुङले उनको उपचारको लागि आथिक अभाव भएको भन्दै सहयोग अभियान सञ्चालन गरि संकलन गरेको रकम ७ लाख १२ हजार ३ सय २ रुपैयाँ उनलाई हस्तान्तरण गरिएको हो । लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोलाको संयोजकमा जापानमा सल्लाहकार सदस्य झकु मगर र गङ घर्ती मगर, मलेसियामा सस्थापक संयोजक प्रकाश मगर, बहराइनमा वरिस्ठ उपाध्यक्ष जीवन रोका मगर , सल्लाहकार संयोजक थम्मन नाइसा मगर, सह कोषाध्यक्ष  मिलन मगर, साउदी अरेबियामा सल्लाहकार सदस्य आरबिजि मगर लगायतको अगुवाइमा सहयोग अभियान सन्चालन गरिएको थियो ।

     कार्यक्रममा सहयोग अभियानमा जोडिने तथा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद तथा घर्तीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।

    सहयोग हस्तान्तरण कायक्रम लोक सम्पदा अध्ययन अनुसन्धान अभियान ताराखोलाका अध्यक्ष याम घर्ती मगरको अध्यक्षता तथा सचिव अनिता घर्ती रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार