तमानखोलामा विद्यालयको छतबाट खसेर घाइते भएका बुढालाई आर्थिक सहयोग

तमानखोलामा विद्यालयको छतबाट खसेर घाइते भएका बुढालाई आर्थिक सहयोग

  • बैशाख २३, २०७८ बिहिवार
  • ०७:२९:१९ बजे
  • 5.8K
    SHARES
  • तमानखोलामा विद्यालयको छतबाट खसेर घाइते भएका बुढालाई आर्थिक सहयोग

    बुर्तिबाङ : तमानखोला गाउँपालिका वडा नम्बर ३ का ताराबहादुर बुढाको उपचारका लागि संकलन भएको राहत रकम बुधबार परिवारका सदस्यलाई हस्तान्त्रण गरिएको छ । धन गौज्योती मावि तमानमा कक्षा ९ मा अध्ययनरत १६ वर्षीय बुढा विद्यालयको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।

    उनको पोखराको मणिपाल अस्पत्तालमा उपचार गरिएको थियो । उपचारपछि हाल बुढाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घर परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा लगायत सामाजिक अभियान्ताको सक्रियतामा स्वदेश विदेशमा रहेका नेपालीबाट १६ लाख ३४ हजार ४५ रुपैयाँ संकलन भएको थियो । उक्त रकम मध्य पीडित तारा बहादुर बुढा र उनका परिवारलाई

    आम्दानी खर्च विवरण प्रस्तुत गर्दै बाँकी रहेको रकम हस्तान्त्रण गरिएको थियो । संकलन भएको रकम मध्ये ताराको उपचारमा ३ लाख ३३ हजार १ सय ५५ रुपैयाँ खर्च भएको थियो ।खर्च बाहेक १३ लाख ८ सय ९० रुपैयाँ परिवारका सदस्यलाई हस्तान्त्रण गर्दै घाइते भएका ताराबहादुर बुढाको थप उपचार, उनको स्वास्थ्य, शिक्षा र परिवार खर्चमा प्रयोग गर्ने गरी रकम हस्तान्त्रण गरिएको अध्यक्ष जोकलाल बुढाले बताए ।

    ताराबहादुर बुढाको परिवारद्धारा आफनो सन्तान जस्तै अन्य व्यक्ति समेत दुख पर्दा आर्थिक समस्यामा पर्ने र आर्थिककै कारण उपचारमा समस्या नहोस भन्ने उदेश्य स्वरुप तमानखोला सहयोग कोषमा दुई लाख रुपैयाँ जम्मा गर्ने बताएका छन् । १ करोडको कोष रहने गरी सञ्चालन गरिएको तमानखोला सहयोग कोषमा रकम

    संकलन अभियान सुचारु गरिएको र उक्त रकमबाट गाउँमा आर्थिक समस्यामा परेका नागरीकलाई सहयोग गर्ने उदेश्यलेअभियान सुरु गरिएको अध्यक्ष जोकलाल बुढाको भनाई छ । ताराबहादुर बुढा बचाउ अभियानमा तमानखोला गाउँपालिका लगाएत स्वदेश विदेशमा रहे सहयोग गर्ने दाताप्रति अध्यक्ष बुढाले धन्यबाद समेत ज्ञापन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # आर्थिक सहयोग
  • # तमानखोला

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार