काठमाडौंको सबै सार्वजनिक सवारीसाधन खुल्ला

काठमाडौंको सबै सार्वजनिक सवारीसाधन खुल्ला

  • आषाढ २०, २०७८ आइतवार
  • १७:५९:४२ बजे
  • 2.2K
    SHARES
  • काठमाडौंको सबै सार्वजनिक सवारीसाधन खुल्ला

    काठमाडौं : कोरोना महामारीको जोखिम नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको २ महिनापछि काठमाडौं उपत्यकामा निजी तथा सबै खालका सवारीसाधन चलाउन दिइने भएको छ । सँगै थप खुकुलो बनाउँदै असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

    उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओको संयुक्त बैठकले हाल कायम रहेको जोरबिजोर प्रणालीलाई खारेज गरेको छ । त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा त्यसलाई हटाइएको छ । अब माइक्रो, टेम्पोसमेत चल्न पाउनेछन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले जारी गरेको आदेशमा मापदण्ड पालना गरेर साना तथा ठूला सबै सार्वजनिक सवारी सन्चालनको अनुमति दिइएको उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # काठमाडौँ
  • # सवारीसाधन खुल्ला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार