बागलुङ : कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको एक पुरुषको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका—२ का ४८ वर्षीय पुरुषको बुधबार बिहान काठमाण्डौँ स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।
गत साउन १९ गते धौलागिरि अस्पतालमा भर्ना गरिएको उनलाई चार दिन अगाडि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको थियो । उनको फोक्सोमा समस्या देखिएको बताईएको छ । आफन्तहरुले दिएको जानकारी अनुसार गयराती उनको मृत्यु भएको खनालले बताए ।
केही समय अघि मात्रै पोर्चुगलबाट छुट्टीमा नेपाल आएका उनलाई कारोना भाईरसको संक्रमण भेटिएपछि धौलागिरि अस्पतालमा उपचारत थिए ।
यो पनि पढ्नुहोस
मध्यपश्चिम विश्वविद्यालयमा झडप हुँदा विद्यार्थी घाइते, उपकुलपतिको गाडी तोडफोड
काठमाडौं : मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीहरुले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । सो क्रममा झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका छन् ।
विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मंगलबार अपराह्न आयोजित एक कार्यक्रममा उपकुलपति सिंह सहभागी भइरहेका बेला पार्किङ गरी राखेको गाडी अराजक समूहले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलले उपकुलपतिको गाडीमा दुईपटक तोडफोड भएको बताए । उनका अनुसार अन्तक्र्रिया भइरहेका बेलामा ढुंगामुढा गर्नुका साथै निवासमा पार्किङ गरी राखिएको अवस्थामा साँझ बञ्चरो पनि प्रहार गरिएको छ ।
विद्यार्थीहरुको आक्रमणबाट आफू चढ्ने गाडीको सिसा फुटेको उपकुलपति सिंहले बताएका छन् । विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको बेला केही व्यक्तिहरुले आक्रमण गरेको र प्रहरीले स्कर्टिङ गरेर आफूलाई सुरक्षित रुपमा निवासमा ल्याइदिएको उपकुलपति सिंह बताउँछन् ।
विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई लक्ष्य गरी गाडीमा बञ्चरो प्रहार गर्ने समूहलाई कारबाही गर्न माग गरेको छ । उनीहरुले बञ्चरो प्रहार नगरेको र उपकुलपतिले उल्टै शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गर्न अराजक समूह परिचालन गरेको आरोप लगाएका छन् ।
त्यस्तै विद्यार्थी संगठनहरुले आन्दोलनमा दमन गरेको भन्दै विश्वविद्यालयका पदाधिकारीहरुलाई कारबाहीको माग गरेका छन् ।
झडपको क्रममा मध्यपश्चिम विश्वविद्यालय अखिल क्रान्तिकारीका संयोजक टोपेन्द्र पौडेल, निवर्तमान स्ववियु सभापति झक्कबहादुर शाही, टीकाराम ढकाललगायत घाइते भएका छन् ।
विश्वविद्यालयमा चार विद्यार्थी संगठन अनलाइन माध्यमबाट परीक्षा सञ्चालन हुनुपर्ने, छात्रवृत्ति कोटा बढाउनुपर्ने, विश्वविद्यालयका पदाधिकारीद्वारा यसअघि सार्वजनिक अभिव्यक्तिमाथि छानबिन हुनुपर्ने, तत्काल स्ववियु निर्वाचनको मिति तोकिनुपर्नेलगायतका माग राखेर आन्दोलित छन् । केही दिनयता विद्यार्थीहरु रिले अनशनमा छन् ।