उखु किसान फेरि आन्दोलन गर्न काठमाडौंमा 

उखु किसान फेरि आन्दोलन गर्न काठमाडौंमा 

  • श्रावण १४, २०७८ बिहिवार
  • १४:०४:४९ बजे
  • 2.2K
    SHARES
  • उखु किसान फेरि आन्दोलन गर्न काठमाडौंमा 

    काठमाडौं : उखु बिक्री गरेको रकम उद्योगले अझै नदिएपछि किसानहरु पुन आन्दोलनका लागि काठमाडौं आएका छन् ।

    सरकार र उद्योगीले प्रतिवद्धता जनाएअनुसार रकम नदिएपछि एउटै विषय लिएर पाँचौ पटक काठमाडौं आएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको समितिका सचिव हरेश्याम राय यादवले दाबी गरे ।


    ‘हामीलाई सरकार र उद्योगी दुवैले झुलाए ६ वटा मिलबाट ४१ करोड रुपैयाँ अझै भुक्तानी पाउन बाँकी छ,’ सचिव रायले भने, ‘सरकारलाई हाम्रो बक्यौता उठाइदेऊ भन्न चाहान्छौं, सकेसम्म प्रधानमन्त्रीलाई भेटेर किसानको गुनासो सुनाउन चाहान्छौं ।’

    सरकार नयाँ भएकाले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले जनाएको छ ।

    सचिव यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

    यस्तै सरकारले उखु किसानलाई अनुदान दिएको तर उद्योगले हिसाब मिलान नगरेको साढे ६ करोड हाराहारी रकम किसानले पाउन बाँकी रहेको यादवले बताए ।

    मन्त्रालय भन्छ ः बक्यौता बाँकी छैन

    किसानको बक्यौता विवाद हेरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने किसानहरुको एक रुपैयाँ पनि बक्यौता बाँकी नरहेको दाबी गरेको छ । यसअघिको बार्तामै किसानको सबै भुक्तानी भइसकेको मन्त्रालय प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले बताए ।

    भुक्तानी बाँकी रहेको जिल्लाको जिल्ला प्रशासन र उद्योगीहरुले पनि किसानको सबै भुक्तानी भइसकेको जानकारी मन्त्रालयमा पठाएको प्रवक्ता रेग्मीले बताए ।

    ‘मन्त्रालयमा किसानको बक्यौता बाँकी रहेको हामीलाई जानकारीमा छैनन्, किसान प्रतिनिधिले पनि हामीलाई बक्यौताबारे कुनै जानकारी गराएका छैनन्,’ प्रवक्ता घिमिरेले भने ।

  • सम्बन्धित विषय:

  • # उखु किसान
  • # आन्दोलन
  • # काठमाडौँ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार