विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

  • आषाढ १४, २०७८ सोमवार
  • १५:२६:०८ बजे
  • 4.3K
    SHARES
  • विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा

    काठमाडौं : विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेका छौं,’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने ।

    आन्दोलनका कार्यक्रमअनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।

    नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारविरुद्ध संयुक्त विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संयुक्त संघर्ष समितिको संयन्त्र सबै प्रदेश र जिल्लाहरुमा निर्माण गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # आन्दोलन
  • # विद्यार्थी संगठन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार