चार दिनदेखि वेपत्ता युवा अझै भेटिएनन् 

चार दिनदेखि वेपत्ता युवा अझै भेटिएनन् 

  • आषाढ २७, २०७८ आइतवार
  • २०:३५:३० बजे
  • 4.4K
    SHARES
  • चार दिनदेखि वेपत्ता युवा अझै भेटिएनन् 

    शान्तविक्रम खत्री

    बागलुङ :अविरल वर्षापछि आएको बाढीले बगाएर बेपत्ता भएका ताराखोला गाउँपालिका वडा नम्बर—३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की अझै भेटिएका छैनन् ।

    उनको खोजिकार्यलाइ तीब्र पारेको प्रहरीचौकी ताराखोलाका प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिए । ईलाका प्रहरी चौकी हरिचौरका ईन्सपेटर अर्जुन बम मल्लको नेतृत्वमा खोजी कार्य अघि बढाएको हो ।  प्रहरी चौकी हटिया ,खर्बाङ प्रहरी चौकी ताराखोलादेखि बढिगाढसम्मका खोलामा समेत खोजि गरेको प्रहरीले जनाएको छ ।

    बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको थियो । जसमध्ये १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ ।

    वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले सञ्चालन गरेको एक रेष्टुरेन्ट समेत बगाएको थियोे ।

     

  • सम्बन्धित विषय:

  • # वेपत्ता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार