पाँच दिनदेखि वेपत्ता गलकोटका बुढाथोकीको शव फेला

पाँच दिनदेखि वेपत्ता गलकोटका बुढाथोकीको शव फेला

  • आषाढ १५, २०७८ मंगलवार
  • १९:२३:३४ बजे
  • 8.1K
    SHARES
  • पाँच दिनदेखि वेपत्ता गलकोटका बुढाथोकीको शव फेला

    बागलुङ : विगत पाँच दिनदेखि हराईरहेको गलकोटका एक पुरषको शव फेला परेको छ । घरबाट घाँस काट्न भनि निस्केर गत बिहीबारदेखि वेपत्ता भएका पुरुषको पाँच दिनपछि मंगलबार शव भेटिएको हो ।

    असार १० गतेदेखि सम्पर्क बिहीन भएका गलकोट नगरपालिका—६  कायसका क्षेत्र बहादुर बुढाथोकी मंगलबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गलकोट नगरपालिका—६ को घुडेनी भन्दा केही माथी बुढाथोकीको शव फेला परेको प्रहरीले जनाएको छ । हँसिया खुर्पेटो पनि उनको साथमै भेटिएको छ । 


    बिहीबार बिहान घाँस काट्न निस्केका उनी त्यसपछि सम्पर्कमा आएका थिएनन् । उनी वेपत्ता भएपछि स्थानीय, जनप्रतिनिधिसंगै प्रहरी र प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो ।

    खोजी गर्ने क्रममा उनको मृत शरिर फेला परेको र अनुशन्धान थालिएको प्रहरीले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # वेपत्ता
  • # गलकोट
  • # शव फेला

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार