घाँस काट्न हिँडेकी बागलुङ काठेखोलाकी युवती झुण्डिएको अवस्थामा भेटिईन् 

घाँस काट्न हिँडेकी बागलुङ काठेखोलाकी युवती झुण्डिएको अवस्थामा भेटिईन् 

  • आषाढ २८, २०७८ सोमवार
  • १४:४३:५४ बजे
  • 14.9K
    SHARES
  • घाँस काट्न हिँडेकी बागलुङ काठेखोलाकी युवती झुण्डिएको अवस्थामा भेटिईन् 

    बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—२ की एक युवती मृत अवस्थामा फेला परेकी छिन् । काठेखोला गाउँपालिका—२ भीमापोखरा डहरे ठूलोपाखाकी २० वर्षीया युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    स्थानीय भीमबहबादुर सुनारकी २० वर्षीय छोरी मनिसा किसान शनिबार बिहान साढे १० बजे घाँस काट्न भनि निस्केकोमा घर नपर्केपछि खोजी गर्ने क्रममा सोमबार स्थानीय तोयानाथ उपाध्यायको गोठमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

    उनी सोमबार बिहान १२ः२० बजेसको समयमा खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको बताईएको छ । शनिबार बिहान घरबाट घाँस काट्न भनेर निस्केपछि घर फर्कि नआएको र आफन्तकोमा पनि नगएको थाहा भएपछि खोजी कार्य अगाडि बढाईएको थियो ।

    झुण्डिएको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक विजय भण्डारीको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ । झुण्डिनुको कारण नखुलेको बताईएको छ । 

    यो पनि पढ्नुहोस् 
    किन गरिन् नायिका जेनी कुँवरले आत्महत्या ?
    काठमाडौं : नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

    प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत एक वर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा बसिरहेकी थिइन् । केहीअघि उनको पशुपति परिसरमा नै विवाद समेत भएको थियो ।


    प्रहरी यतिबेला अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।

    जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

    उनले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।

    सम्बन्धित समाचार