जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५३ करोड ३१ लाख १४ हजारको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको नबौं नगरसभामा गाउँपालिका उपाध्यक्ष अर्जुनबहादुर खत्रीले ३६ करोड ५० लाख चालु खर्च र १५ करोड ८१ लाख १४ हजार पुँजीगत खर्च रहेको बजेट विवरण प्रस्तुत गरेका हुन् । काठेखोला गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि संघबाट वित्तीय समाजीकरण अनुदान १० करोड ६० लाख, सशर्त अनुदान २७ करोड ८३ लाख, प्रदेश सरकारको वित्तीय सामानीकरण अनुदान एक करोड २२ लाख ७७ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँड ५१ लाख ४६ हजार आम्दानी हुनेछ ।
गाउँपालिकाको आन्तरिक आय ३२ लाख, संघीय सरकारको समपुरक अनुदान एक रोड ३७ लाख, संघीय सरकारको राजस्व बाँडफाँड ७ करोड १६ लाख ९१ हजार, संघीय सरकार विशेष
अनुदान एक करोड ७८ लाख, प्रदेश सरकार विशेष अनुदान ५० लाख, प्रदेश सरकार समपुरक अनुदान ५० लाख र संचित कोषबाट एक करोड ५० लाख आय हुने अनुमान गरिएको छ । संघीय सरकारबाट प्राप्त अनुदानका कार्यक्रम अन्तर्गत कृषि तथा पश, उद्योग, उर्जा, शिषा स्वास्थ्य, लैंगिक समानता, युवा तथा खेलकुद सामाजिक सुरक्षा तथा संरक्षण, शान्ति सुव्यवस्था, झोलुङ्गे पुल, पर्यटन पूर्वाधार, भवन तथा आवास कार्यक्रमका लागि २७ करोड ८३ लाख रहेको छ ।
गाउँपालिकाले सामाजिक विकास अन्तर्गत शिक्षा स्वास्थ्य, खानेपानी, खेलकुद, संस्कृति प्रवद्र्धन, लैंगिक समान तथा सामाजिक समावेशीकरणका लागि एक करोड ५५ लाख ८९ हजार बजेट विनीयोजन गरिएको छ ।
पूर्वाधार विकासतर्फ सडक तथा पुल, सिंचाई, भवन तथा सहरी विकास, उर्जा लघुजलविद्युत सञ्चार लगायतका लागि तीन करोड ११ लाख ७८ हजार, वन तथा वाताबरण व्यवस्थापनका लागि ३५ लाख ९७ हजार बजेट विनीयोजनको व्यवस्थापन मिलाईएको छ । सुशासन तथा संस्थागत विकासका लागि ३५ लाख ९७ हजार, आर्थिक विकासतर्फ एक करोड ५५ लाख ८९ हजार, वडा गौरव तथा पहिचानका आयोजनाका लागि दुई करोड ५१ लाख ८२ हजार, सामाजिक समावेशीकरण लक्षित वर्ग ५९ लाख ९५ हजार बजेट व्यवस्था छ ।
अन्य भौतिक पूर्वाधार, आर्थिक विकास एवं सामाजिक विकास कार्यक्रमका लागि एक करोड ४३ लाख ९० हजार, मर्मत संभार ४७ लाख ९७ हजार, समपुरक विशेष अनुदान चार करोड १५ लाख, कन्टेन्जेन्सी ५९ लाख ९६ लाख, चालु खर्च पाँच करोड ४४ लाख, कोभिड व्यवस्थापन ८०
लाख र समपुरक योजनाका लागि लागत सहभागिता दुई करोड ५० लाखको व्यवस्थापन मिलाईएको छ ।