पर्वत जिल्लाको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड १५लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष सीमा गर्बुजा पुनले उक्त बजेट गाउँ सभामा प्रस्तुत गरेकी हुन् ।
उनले सार्वजनिक गरेको बजेटमा चालुतर्फ आठ करोड, पूँजीगतर्फ १५ करोड २३ लाख पचास हजार रुपैयाँ तथा संघीय सरकारबाट प्राप्त शसर्त अनुदानतर्फ २१ करोड ९२ लाख रुपैयाँ विनीयोजन गरिएको छ । विनीयोजित बजेट वित्तीय समानिकरण अनुदान अन्तर्गत संघ सरकारबाट १० करोड दुइ लाख, प्रदेश सरकारबाट एक करोड बाह्र लाख चार हजार प्राप्त हुनेछ । राजश्व वाडफाँड अन्तर्गत संघ सरकारबाट ६ करोड साठी लाख आठ हजार रुपैया,ँ प्रदेश सरकारबाट ४६ लाख पचहत्तर हजार रुपैयाँ, सशर्त अनुदानको रुपमा संघ सरकारबाट २१ करोड ९२ लाख प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।
समपुरक अनुदान / शसर्त अनुदान अन्तर्गत गण्डकी प्रदेश सरकारबाट एक करोड रुपैयाँ प्राप्त हुनेछ । गाउँपालिकाले लगाउने कर, शुल्क, दस्तुर, ढुँगा गिटी बालुवा विक्रि एवम् अल्या समेतबाट आगामी आर्थिक वर्षममा चार करोड दुइ लाख ६३ हजार रुपैयाँ राजश्व प्राप्त हुने अनुमान गरिएको छ । यी सबै नेपाल सरकार एवं प्रदेश सरकारवाट प्राप्त हुने विभिन्न अनुदान, राजश्व वाँडफाँड, र सम्भावित राजश्व एवं अ ल्या. समेतका आधारमा यस वर्षको कुल ४५ करोड १५ लाख ५० हजार रपैयाँको बजेट प्रस्तुत गरिएको हो ।
जलजलाले वडागत रुपमा वडा नम्बर १ कालागि २५ लाख, वडा नम्बर २ का लागि २७ लाख, वडा नम्बर ३ का लागि २६ लाख, वडा नम्बर ४ का लागि २८ लाख, वडा नम्बर ५ का लागि ३० लाख, वडा नम्बर ६ का लागि ३० लाख, वडा नम्बर ७ का लागि ३० लाख, वडा नम्बर ८ का लागि ३० लाख वडा नम्बर ९ का लागि २६ लाख बजेट विनीयोजन गरिएको छ । गाउँपालिको आगामी वर्षमा पँजीगत खर्चतर्फ गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक करोड ५० लाख, क्रमागत बहुवर्षे योजनाका लागि ६० लाख, वडा नम्बर २ को वडा कार्यालय प्रदेश साझेदारीका लागि ५० लाख बजेट विनीयोजन गरेको छ ।
वडा नम्बर २ मा खानेपानी योजनाका लागि १० लाख, भवन तथा शौचालय निर्माण वडा नम्बर ४ का लागि १० लाख, वडा नम्बर ४ को वडा कार्यालयका लागि ४० लाख, वडा नम्बर ३ को वडा कार्यालय तथा ग्राउण्ड मर्मतका लागि १६ लाख, चिनाखेत मालगाउँ मोटरबाट निर्माण वडा नम्बर १ का लागि ५ लाख रुपैयाँ विनीयाजन गरिएको छ ।
वडा नम्बर १ को ज्योति मण्डल मावि संरक्षणका लागि ७ लाख, एक घर एक धारा रात्माटा चिप्लेटी दलित बस्ती खानेपानी वडा नम्बर ५ मा १० लाख, सालीजा बनौं हल्जुर मोटरबाटौ वडा नम्बर ६ का लागि ५ लाख, हिमशिखर दिप युवा क्लबका वडा नम्बर ६ का लागि ६ लाख, रामकुना भुमरालो सल्यान गोरेटोबाटो वडा नम्बर ७ का लागि ७ लाख, केराबारी भिरकाटे गोरेटोबाटो निर्माणका लागि तीन लाख, गौशाला पूर्वाधार निर्माण वडा नम्बर ७ कालागि २३ लाख विनीयोजन गरिएको छ ।
लस्ती फर्से सिंचाईका लागि ५ लाख, खनियाँघाट नाङ्लीबाङ सडकका लागि ५ लाख, शिव मावि भवनका लागि ५ लाख, वडा नम्बर ९ मा गोरेटोबाटो निर्माणका लागि चार लाख, सल्लेरी सामुदायिक वन उपभोक्ता समुहका लागि ६ लाख, स्वास्थ्यतर्फ सबै वडाका लागि १४ लाख, एम्बुलेन्स खरिद तथा सञ्चालनका लागि १३ लाख, प्रकोप व्यवस्थापनका लागि एक करोड बजेट विनीयोजन गरिएको छ ।
मेसिनरी औजार तथा फर्निचर खरिदका लागि १० लाख, कृषि कार्यक्रमका लागि १० लाख, पशु कार्यक्रमका लागि ४५लाख, पुश कार्यक्रमका लागि ३० लाख, शिक्षाका लागि एक करोड ५० लाख, मोहनचोक फट्केढुङ्गा सडक समपुरक साझेदारीका लागि एक करोड, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, जनजाति अपाङ्ग दलित लगायत लक्षित तथा आयआर्जन कार्यक्रम र न्यायिक समितिका लागि ५० लाख, कालाञ्जर क्षेत्र विकास तथा पूजा व्यवस्थापनका लागि १५ लाख, उद्योग व्यवसाय प्रोत्साहन तथा प्रवद्र्धनका लागि एक लाख बजेट छ ।
समपुरक तथा साझेदारी कार्यक्रमका लागि १० लाख, नौमती बाजा, आरन तथा घट्टा मिल संरक्षणका लागि दुई लाख, गाउँपालिका अध्यक्ष जातिय विभेद उन्मुलन कार्यक्रमका लागि एक लाख, विपि स्मृती भवन जलजलाका लागि १० लाख, अध्यक्ष तोक आदेश ८० लाख, पाईप जाली खरिद १० लाख, ग्रामिण मोटरबाटो सरसफाई ४० लाख, मजदुर पेन्सनकोषका लागि ३० लाख, वडा कार्यालयको डिपिआरका लागि २० लाख, अध्ययन तथा तालिम अनुसन्धान कार्यक्रमका लागि १० लाख, ढुंगा गिटी बालुवा आईईईका लागि ५ लाख बजेट विनीयोजन गरिएको छ ।
बाढी पहिरो घर निर्माण राहत लागत साझेदारीका लागि १४ लाख, खोलाखेत भुसुने मोटरबाटो निर्माणका लागि ६ लाख, लामछिरापिडाल्ला सिंचाईका लागि ५ लाख, आमा समुह प्रवद्र्धन तथा विकास कार्यक्रमका लागि ४० लाख, युवा तथा खेलकुद विकासका लागि २० लाख, पर्यटन तथा पठ मन्दिर संरक्षण साझेदारी १५ लाख, दलित बस्ती खानेपानी तथा सरसफाईका लागि ९ लाख, धुर्मुस सुन्तली फाउण्डेसनका रङ्गशाला निर्माणका लागि ५० हजार बजेट विनीयोजन गरिएको छ