गलकोटको बजेट ६१ करोड ७६ लाख ७१ हजार 

गलकोटको बजेट ६१ करोड ७६ लाख ७१ हजार 

  • आषाढ ११, २०७८ शुक्रवार
  • १३:०७:३१ बजे
  • 3.4K
    SHARES
  • गलकोटको बजेट ६१ करोड ७६ लाख ७१ हजार 

    गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षको कुल ६१ करोड ७६ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गरिएको छ । गलकोट नगरपालिकाको नवौं नगर सभाको अवसरमा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाले बजेट सार्वजनिक गरेकी हुन् ।

    नगरपालिकाले आन्तरिक आयतर्फ २ करोड ३३ लाख अनुमान गरिएको छ भने कर शुल्क तथा दस्तुर १ करोड ६० लाख तथा अन्य आय बाट ७३ लाख अनुमान गरिएको छ । राजश्व बाडफाड बाट १० करोड ३ लाख ४९ हजार अन्तर सरकारी बित्तिय हस्तान्तरण तर्फ नेपाल सरकारबाट प्राप्त समानिकरण १२ करोड २५ लाख, ससर्त तर्फ ३२ करोड ७४ लाख, प्रदेश सरकार समानिकरण १ करोड ४२ लाख २२ हजार नेपाल सरकारबाट २ करोड ४९ लाख  अनुमान गरिएको नगर सभामा जानकारी गराईएको थियो । 

    नगरपालिकाले आर्थिक विकास तर्फ १ करोड ८४ लाख ५० हजार, सामाजिक बिकास तर्फ ३ करोड २९ लाख ९० हजार , पूर्वाधार बिकास तर्फ ७ करोड १३ लाख सुशासन तथा

    अन्तरसम्वन्धीत बिषयमा २५ लाख  ५० हजार तथा बन वाताबरण तथा विपद् व्यबस्थापनको लागि ४० लाख ३१ हजार रुपैया बिनियोजन भएको छ । बजेटमा गलकोट नगरपालिकाले बिशेष बिकास कोषमा १ करोड ३० लाख, नगरको जग्गा ब्यबस्थापन तथा भवन निमार्णको लागी १ करोड २० लाख फाहोर मैला ब्यबस्थापन को लागी १५ लाख युवा तथा खेलकुद बिकासको लागी १३ लाख, लैङ्गिीक समानता तथा सामाजिक समाबेशिकरणको लागी  १ करोड ५ लाख, नगर शिक्षा कार्यक्रमको तर्फ १ करोड १५ लाख ९० हजार बिनियोजन भएको छ भने

    गलकोट बहुमुखी क्याम्पसको लागि १० लाख स्वास्थ्य तर्फ कुल ७१ लाख रुपैया बिनियोजन गरिएको छ भने कला तथा सस्कृति साहित्य  तर्फ ५ लाख बजेटको बिनियोजन भएको छ । 
    वडा तर्फ नगर स्तरीय योजनाको लागी २ करोड ४२ लाख विनियोजन भएको छ ।

    जस अन्तरगर्त दुदिलाभाटिको बजारको सडक तथा नालि निकासको लागी २५ लाख चुक्दीखोला कल्भर्ट  निर्माण १० लाख, कल्लेरीघाट कल्भर्ट १० लाख हटिया स्वास्थ्य चौकी जाने मोटरबाटो ब्यबस्थापन ५ लाख, कोटघर सिध निर्माण ५ लाख लिङ्क रोड ५ लाख, डाँडाखेत वडा कार्यालय मोटरबाटो कालोपत्रे २५ लाख, थापाथुम खेलमैदानको लागी २० लाख, बडा कार्यालय पूवार्धार तथा बाटो कालोपत्रे र कल्भट निर्माण वडा नम्वर ६ मा १५  लाख, ठुलाथर लंकुडाँडा भुजुङ्गे मोटरबाटो ५ लाख, सभाहल निर्माण वडा नम्वर ७ मा २० लाख बजेट छ ।

     भैसे बतासेडाँडा सप्ताहघाट मोटरबाटो २ लाख जरिखेत पिपलडाँडा मोटरबाटो वडा नम्वर ८ मा ११ लाख, चिडियार बडाबुटा बाटो ढलान तथा नालि निर्माण ७ लाख, गल्याङ चालिसेटोला बाटो तथा नाली निर्माण ७ लाख मध्येपहाडाी लोकमार्ग बाट वडा नम्वर ९ को कार्यालय सम्मको सडक कालोपत्रे ५ लाख ५० हजार, भैरब माबि चार कोठे ट्रस भवन निर्माण १० लाख, वडागाँउ घुम्ती देखी बाङ्गे सल्ला मोटरबाटो ४ लाख ५० हजार पाडवखानी रमुवा मोटरबाटो १५ लाख, लेंगुरेखोला तारजाली तथा टटबन्द ५ लाख खेलमैदा निर्माण वडा नम्वर १० मा ५ लाख, वडा नं ११ को कार्यालय भवन निर्माण १५ लाख र गोठलाङ मोटरबाटो ५ लाख बिनियोजन भएको छ । 
    त्यस्तै आक्समीक कार्यक्रम तर्फ अल बेदर रोडको लागी २५ लाख, समपुरक तथा सहलगानीको लागी ४० लाख, हटिया बजार कालोपत्रे ४५ लाख दुदिलाभाटि सामुदायिक भवन निर्माणको लागी ६ लाख, कारोना राहात तथा नियन्त्रण उपचारको लागी ४० लाख बिनियोजन भएको काउचाले सभामा घोषणा गर्नुभएको थियो । 

    सभामा सुशासन तथा अन्तरसम्वधीत बिषय अन्तरगर्त नगर प्रोफाईल अध्याबधीकको लागी ४ लाख बजार अनुगमन तथा सचेतना कार्यक्रमको लागी ३ लाख, सार्वजनिक सुनुवाई लाई ३ लाख सामुदायिक रेडियो गलकोट संचालन तथा ब्यबस्थापन खर्च १० लाख मेलमिलापकर्ता तालिम ५ लाख तथा मेलमिलापकर्ता पारिश्रामीकको लागी ५० हजार बिनियोजन भयको छ । त्यस्तै विपद ब्यबस्थापन कार्यक्रमको लागी ३० लाख भु संरक्षण कार्यक्रम ७ लाख ५० हजार र बिपन्न परिबार स्वासथ्य बिमा कार्यक्रमको लागी २ लाचख ८१ हजार बजेट बिनियोजन भयको छ । 

    नगर स्तरीय योजना बाहेक गलकोट नगरपालिका वडा नम्वर १, २ र ४, ५ ,६,७ ९ र १० मा ५० लाख बराबरको योजना तथा वडा नम्वर ३ मा ६०, ८ मा ४६ लाख र ११ नं बडामा ५५ लाख रुपैया बराबरको योजनाको लागी बजेट बिनियोजन भएको छ । 

    नवौं नगर सभामा गलकोट नगरपालिकाले प्रस्तुत गरेको बिनियोजन ऐन २०७८, निजि साझेदारी सम्वन्धी ऐन २०७८, औधोगिक ब्यवसाय प्रर्वद्धन ऐन २०७८, नगरपालिकाले हाल सम्म गरेको खर्च बिबरण, राजश्व परामर्श समितिको प्रतिवेदन २०७७ तथा न्यायिक समितिको प्रतिबेदन प्रस्तुत तथा पारित गरिएको थियो ।

    नबौ नगर सभा सभाअध्यक्ष नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्ष तथा प्रशासकिय अधिकृत तुल बहादुर बिकको सहजिकरणमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # गलकोट
  • # बजेट

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार